शहरी विकास मन्त्रीको पहिलो निर्णय- महाकाली नदीमा तुइन विस्थापित गर्न झोलुङ्गे पुल निर्माण गर्ने (भिडिओ)

काठमाडौं । शहरी विकास मन्त्री विक्रम पाण्डे पदभार ग्रहण गरेका छन् ।

राष्ट्रिपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

उनले महाकाली नदीमा तुइन विस्थापित गर्नका लागि झोलुङ्गे पुल निर्माण गर्ने पहिलो निर्णय गरेका छन् ।

उनले भने, ‘पश्चिम नेपालका कस्तो दर्दनाक अवस्था छ । तपाईंहरुले सुन्नुभएकै होला। त्यो काम अहिलेसम्म पूरा गर्न सक्दैन भने यो मन्त्रालय स्थापना भएर अर्थ पनि छैन। त्यहाँ आधा घण्टाको अन्तरमा झोलुङ्गे पुल निर्माण हुन्छ ।’

महाकाली नदिमा आधा घण्टाको अन्तरमा कति ओटा झोलुङ्गे पुल चाहिन्छ अध्ययन गरेर आवश्यकताको आधारमा बनाउने बताए ।

विकास निर्माणको काम किन हुन नसकेको भन्ने आफूलाई थाहा भएको काम गरेरै देखाउने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *