स्वास्थ्यमन्त्रीको अठोट- स्वास्थ्य विमा प्रभावकारी बनाएर गुणस्तरीय सेवा प्रदान गर्छु (भिडिओ)

काठमाडौं । नवनियुक्त स्वास्थ्य मन्त्री पदम गिरीले सबै जनतालाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता जाहेर गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नियुक्त भएलगत्तै पदभार ग्रहण गरेपछि उनले अहिले भएका अस्पताल र स्वास्थ्य केन्द्रहरुलाई सुविधा सम्पन्न बनाउनुपर्नेमा जोड दिए।

उनले भने, ‘सबै नागरिकहरुलाई गुणस्तरिय सेवा लिनको लागि स्वास्थ्य विमाको कार्यक्रम प्रभावकारी बन्न सकेको छैन। त्यसमा बिषयमा हामी गम्भिरताका साथ हेछौं।’

उनले सबै जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउने सुनिश्चिता गर्ने अठोट गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *