नेपाल टेलिकमको नेटवर्कमा समस्या, सेवा अवरुद्ध,

काठमाडौं । नेपाल टेलिकमको मोबाइल र ल्याण्डलाइन फोनमा समस्या आएको छ ।

टेलिकमको नेटवर्कमा समस्या आएकाले फोन र एसएमएस लगायत सबै सेवा अवरुद्ध भएको हो । मोबाइलमा टावर भने देखाइरहेको छ ।

केही समय अघिबाट टेलिकमको मोबाइलमा नेटवर्कमा समस्या देखिएको हो ।

टेलिकमले भने आफ्नो सेवा अवरुद्ध भएको विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *