सुदन किरातीले भने- मैले बुबालाई मन्त्री भएँ भन्दा रूनुभयो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सांसद सुदन किरातीलाई मन्त्री बनाउने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई पूर्णता दिने क्रममा किरातीलाई पर्यटन मन्त्री बनाउने भएका हुन्।

उनले आफूले मंगलबार बिहान मन्त्री बन्न लागेको कुरा आफ्नो बुवालाई सुनाए। उनले आफू मन्त्री बन्न लागेको जानकारी गराउँदै बिरामी बुबालाई भने, ‘बुवा म मन्त्री हुने भएँ छु ।’

त्यसबारेमा किरातीले बाबुसँग गरेको कुराकानी जस्ताको तस्तै फेसबुकमा लेखेका छन्।

डाँडाको जुन घाम जस्तै बुवासँग कुराकानी !

मैले भने।
म – बुवा म मन्त्री हुने भएँ छु ।

बुवा – हँ १ होइन कुन मन्त्री रु राम राम राम साँच्चै हो रु होइन यो सपना होकि बिपना हो रु

म – हो बुवा साँच्चै हो बिपना नै हो । ९ संस्कृति,पर्यटन तथा नागरिक उड्यान ०

बुवा – मन्त्री चाहि कसरी भइस रु कसले गर्दा भइस रु

म – पहिलो त तपाईहरुले जन्माउनु भयो, दोश्रो त मैले धेरै राजनीतिमा दुख गरे, तेश्रो जनताले माया र भरोसा दियो, चौथो पार्टीले विश्वास ग¥यो ।

बुवा– राम राम राम १ म उहिले फोक्लेण्डको लाडाईमा मरेको भएँ यो दिन सुन्न र देख्न पाउँदिन थे १

म – म पनि जनयुद्धमा मरेको भएँ त्यस्तै त हो ।।।।।।।।। ।

बुवा– हाम्रो बंशमा वडा अध्यक्षसम्म कोहि भएनौं राम्रो गर्नु ।

म – पाउनु ठुलो कुरा होइन काम गर्नु ठुलो कुरा हो । म मेहनेत गर्छु । आमाजी त पितृको देशमा हुनुहुन्छ आज हामी संगै हुन पाएको भए ।।।।।। ।

बुवा – म गए पछि तेरो आमा संग भेट हुन्छ नै होला म सबै भनि दिउँला । बुवा रुनु भो १ म ।।।।।।।।। १

संम्झे १
बुवाले मलाई जेलमा भेट्न आउँदा पनि उ बेला धेरै रुनु भएको थियो । आज पनि उस्तै रुनु भो तर प्रसंग बेग्ला बेग्लै थियो, आँशु भने उस्तै, आँशुको मुहान र भाब भने फरक ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *