त्रिविले भन्यो- आजको परीक्षा हुन्छ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालू परीक्षा नरोकिने जनाएको छ । पोखरामा भएको हवाई दुर्घटनामा सरकारले माघ २ गते शोक बिदा दिएपनि त्रिविको परीक्षा नरोकिने जनाएको छ ।

त्रिविको मानविकी तथा समाजशास्त्र सङ्कायका डिन प्राडा कुसुम शाक्यले मानविकी सङ्कायले सञ्चालन गरेको परीक्षा माघ २ गते नरोकिने बताएका छन् ।

उनले सूचना जारी गर्दै माघ २ गते सरकारले पोखरामा भएको हवाई दुर्घटनामा शोक बिदा दिएपनि मानविकी सङ्कायद्वारा प्रकाशित गरिएको परीक्षा तालिका अनुसार नै स्नातकोत्तर तह चौथो सेमेष्टरको परीक्षा सञ्चालन हुने जानकारी दिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *