घनश्यामको दाबी- ओलीले पाए फेरि संसद विघटन गर्छन्, हलो र घण्टी लिएर शासन गर्न खोज्दैछन्

काठमाडौं । एमाले छाडेर स्वतन्त्र चुनाव लडेको नेता घनश्याम भुुसालले नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनका लागि नेकपा एकीकृत समाजवादी असाधारण बलियो ठाउँ भएको बताएका छन् ।

आज माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा प्रवेश गर्दै उनले भने, ‘मैले यसको सामान्य प्रतिवेदन मैले हेरेको छु । अगाडिको बाटो तय गर्नको लागि यो धेरै राम्रो ठाउँ हो ।’

सैद्धान्तिक रुपमा समाजवादतिर जानका लागि नेकपा बनाएपनि पार्टी विभाजन गराइएको आरोप लगाए । षड्यन्त्रपूर्ण राजनीति र विकाउपूर्ण अदालतको गठबन्धनले नेकपा विभाजन गराएको बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एकतिर हलो र अर्कोतिर घण्टी राखेर बालकोट शासन चलाउन खोजेको दाबी गरे । उनले एमालेले जनमत पाएमा फेरि संसद विघटन गर्ने बताए ।

उनले भने, ‘अहिले पनि एमालेले राम्रो मत पायो भने एमाले नेतृत्वले संसद विघटन गर्छु भनेर अस्ति प्रतिनिधि सभामा भनिसकेका छन् । यो गलत कुरा होइन पायोभने हामीले गर्छु भन्या न हो ।’

 

Comments

One response to “घनश्यामको दाबी- ओलीले पाए फेरि संसद विघटन गर्छन्, हलो र घण्टी लिएर शासन गर्न खोज्दैछन्”

  1. ksp pyl Avatar
    ksp pyl

    अब यसको काम केवल ओलि भज्ने हो । यसको न विचार छ, न सिद्वान्त छ न गन्तव्य छ । यस्ता दुई कौडी नेताको कुरा सुन्न बन्द गरौं । मन्त्री नपाए, टिकट नपाए पार्टी फुटाउने निचले केहि गर्छ ? एस झन चाँडो विघटन हुन्छ अब ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *