माघी पर्वको अवसरमा कैलालीको जोशीपुरमा थप दुई दिन बिदा

कैलाली । थारु समुदायको महान पर्व माघीको अवसरमा कैलालीको जोशीपुर गाउँपालिकाले थप दुई दिन बिदा दिएको छ ।

कार्यपालिकाको बिहीबार बसेको बैठकले माघ २ र ३ गते स्थानीय बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाले दुई दिनसम्म गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा विद्यालयहरू बन्द गर्ने जनाएको छ ।

माघ १ गते संघीय सरकारले बिदा दिने भएको हुँदा माघ २ र ३ गते स्थानीय तहले बिदा थप गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *