आफ्नै चलचित्र नखेल्ने किरण नेपाली ‘नम्बरी सुन’मा अभिनेताका रुपमा अनुबन्धित

काठमाडौं। सफल निर्माताका रुपमा परिचित किरण नेपाली पछिल्लो समय अरुको फिल्ममा अभिनयका लागि जोडिरहेका छन्। आफैँ निर्माता रहेर ‘पोइ पर्यो काले’,दुइ नम्बरी’ जस्ता हिट फिल्म दर्शकमाझ पस्किसकेका नेपाली राजु गिरीको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘नम्बरी सुन’मा अभिनेताका रुपमा अनुबन्धित भएका हुन्।

उनी हाल आफैले निर्माण गर्न लागेको चलचित्र ‘हात्तीछाप’को तयारीमा व्यस्त छन्। तर उनले आफ्नो सो चलचित्रमा भने अभिनय गरेका छैनन् । आफूप्रति आफैलाई विश्वास नभएर हो या आफैले अभिनय गर्दा आफ्नो चलचित्र नचल्ला भन्ने डरले हो, उनले अहिलेसम्म आफूलाई आफ्नो चलचित्रमा भने संलग्न गराएका छैनन्।

अझ भनौँ आफ्नो भन्दा अरुकै फिल्ममा काम गर्न रुचाउने उनको स्वभावले उनलाई आफ्नो फिल्मप्रति नै विश्वास नभएको हो की भन्ने अनुमान फिल्मकर्मीहरुको छ।

यस अघि निर्माता नेपालीले निर्देशक गिरी कै ‘दिलमाया २’मा अभिनय गरिसेका छन् । उक्त फिल्म प्रदर्शनको तयारीमा रहेको छ । उनै निर्देशकको चलचित्र ‘नम्बरी सुन’मा किरणको सम्झौता भएको हो ।

यहि माघ २० गतेबाट फ्लोरमा जाने फिल्ममा निर्माता नेपालीका साथमा गौरव पहारी, नम्रता सापकोटा,सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल सविन बास्तोला, गीता अधिकारी, स्मृती वली लगायतमा कलाकारको अभिनय रहनेछ ।

झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण हुन लागेकोयस चलचित्रबाट द्धन्द्व निर्देशक राजेन्द्र खड्गीले पनि कमव्याक गर्दैछन् । सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने चलचित्रमा प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको छ । फिल्मको सुटिङ लमजुङको भुजुङ्ग खोला, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *