कामाठडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पटक-पटक काठमाडौं उपत्यकाका सडकहरू भत्काउने समस्या समाधानका लागि पहल थालेका छन् ।
मन्त्री श्रेष्ठले समस्या समाधानका लागि बिहीबार मन्त्रालयमा सरोकारवाला निकायका पदाधिकारीसँग छलफल गरेका छन् ।
बैठकमा मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, मेलम्ची खानेपानी आयोजनाका निर्देशक राजेन्द्र सापकोटा, काठमाडौं उपत्यका खानेपानी लिमिटेका प्रबन्ध निर्देशक ज्ञानेन्द्र कार्की, नेपाल दूरसञ्चार संस्थानकी उपमहानिर्देशक विनिता प्रधान तथा मन्त्रालय र अन्तर्गतका सहसचिवहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply