काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जबीच भेटवार्ता भएको छ । सिंहदरबारमा प्रधानमन्त्री दाहाल र राजदूत प्रिन्जबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा उनीहरुबीच दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री नियुक्त भएपछि भारत, चीन, अमेरिकालगायतका राजदूतहरुले प्रधानमन्त्री दाहालसँग भेट गरिसकेका छन् ।

Leave a Reply