मोरङका चार क्रसर उद्योग बन्द गर्न सिफारिस

विराटनगर । मोरङमा सन्चालित चारवटा क्रसर उद्योग बन्द गर्न सिफारिस भएको छ ।

मापदण्ड विपरीतका क्रसर उद्योगहरूलाई तत्काल बन्द गर्न गृहमन्त्रालयले निर्देशन दिएपछि चारवटा क्रसर उद्योगलाई कारबाही गर्न गृहमन्त्रालयमा सिफारिस गरिएको हो ।

मंगलबार दिउँसो मोरङको बेलबारी नगरपालीका र सुन्दरहरैंचा नगरपालीका क्षेत्रमा रहेका क्रसर उद्योगहरूमा अनुगमनपछि चारवटा क्रसर उद्योगहरूलाई तत्काल बन्द गर्न सिफारिस गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला समन्वय समिति, स्थानीय सरकारका प्रतिनिधि प्रहरी प्रशासन लगायतको संयुक्त टोलीले मोरङमा सञ्चालित आठओटा क्रसर उद्योगहरुको अनुगमन गरेको थियो ।

अनुगमन टोलीले बेलबारी नगरपालिकाको स्टन एग्रिगेट उद्योग प्राली, सुर्ण एग्रीगेट प्राली, एमआइ एग्रिगेट प्रालि, धनपाल क्रसर उद्योग, पाथिभारा वासिङ एण्ड क्रसर उद्योगमा अनुगमन गरेको थियो । त्यस्तै, टोलीले सुन्दरहरैंचाको पूर्वाञ्चल क्रसर, पशुपति स्टोन क्रसिङ उद्योग, जय तिरूपती क्रसर उद्योगमा अनुगमन गरेको थियो ।

मानव बस्ती र विद्यालय आसपासका क्षेत्रमा क्रसर उद्योग सञ्चालन गरेको भन्दै टोलीले सुन्दरहरैंचाको पशुपति स्टोन क्रसिङ उद्योग, जय तिरूपति क्रसर उद्योग, पूर्वाञ्चल क्रसर उद्योगलाइ बन्द गर्न मन्त्रालय समय सिफारिस गरिएको जिल्ला समन्वय समिति मोरङका निमित्त अधिकारी हरीप्रसाद भट्टराईले बताए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *