हाम्रो नेपाली पार्टीले भन्यो- प्रतिपक्षीविहीन प्रधानमन्त्रीलाई हामी ‘लौरी’ लाउँछौं

काठमाडौं । हाम्रो नेपाली पार्टी(लौरो अभियान)ले सरकारले घोषणा गरेको न्यूनतम साझा कार्यक्रम तथा चुनावताका दलहरुले जनतामाफ गरेका वाचा नबिर्सन ध्यानाकर्षण गराएको छ ।

पार्टीका प्रवक्ता ई. डिल्लेश्वर कार्की (रोहन) ले विज्ञप्ति जारी गर्दै नेपालको इतिहासमा सर्वाधिक समर्थनसहित प्रधानमन्त्री बनेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई बधाई दिँदै सचेत पनि गराएका छन् ।

संसदमा प्रतिपक्षी नभएको भने लौरो अभियानले दुःख व्यक्त गरेको छ । ‘इतिहासमै नेपाली जनताको पक्षमा सरकारलाइ निरन्तर खबरदारी गरि जनताको पक्षमा सरकारलाइ काम गर्न बाध्य बनाउने बलियो प्रतिपक्ष बिहिन संसद बनेको प्रति दुखित पनि छौं’, विज्ञप्तिमा भनिएको छ ।

अहिले सत्ता र भागवण्डाको स्वार्थ केन्द्रित अवस्था गर्दा कुनै पनि दल प्रतिपक्षमा नबस्नु जनताको भावनाविपरीत भएको आफूहरुलाई लागेको सो पार्टीले उल्लेख गरेको छ ।

लोकतन्त्रको सुन्दरता भनेकै जिम्मेवार र बलियो प्रतिपक्ष पनि हो भन्ने जानकार हुँदाहुँदै पनि प्रतिपक्षी नभएको अवस्थलाई मध्यनजर गर्दै हाम्रो नेपाली पार्टी (लौरो अभियान) जनतासँगै रहेर हरेक मुद्दामा जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिबद्दतासमेत सो पार्टीले व्यक्त गरेको छ ।

विज्ञप्तिः

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *