नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको एकीकृत कारोबार सुरु

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेडले आजदेखि एकीकृत कारोबार सुरु गरेका छन् । दुई बैंकले ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’का नाममा एकीकृत कारोबार सुरु गरेका हुन् ।

वुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रुपमा एकीकृत कारोबार सुरु भएको घोषणा गरे । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा साविक इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहेका छन् ।

नयाँ सञ्चालक समितिमा दुवै बैंकका सञ्चालकको प्रतिनिधित्व रहने बताइएको छ । एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बैंकका अध्यक्ष पाँडेले यो मर्जरले वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गर्नुका साथै राष्ट्र बैंकको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैंकलाई पनि मर्जरका लागि प्रेरित गरेको बताए ।

दुई बैंक गाभिएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चुक्ता पुँजी रु ३४ अर्ब १२ करोड, कुल सम्पत्ति रु चार खर्ब ७१ अर्ब र कूल पुँजी रु ५८ अर्ब पुगेको छ । त्यस्तै, कूल निक्षेप रु तीन खर्ब ६० अर्ब र कूल कर्जा रु तीन खर्ब २९ अर्ब रहेको बैंकले जनाएको छ ।

मर्जरपछि यो बैंकको शाखा सञ्जाल दुई सय ९६, एक्सटेन्सन काउन्टर ५९, एटिएम दुई सय ७९ र ग्राहक सङ्ख्या ३० लाखभन्दा बढी रहेको पनि बैंकले जनाएको छ । दुई बैंकबीच शेयर स्वाप अनुपात १००ः९० रहने गरी मर्जर सम्झौता भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *