विश्वासको मतका लागि प्रतिनिधिसभामा मतदान सुरू

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मतको लागि प्रतिनिधिसभामा मतदान सुरू भएको छ । पुस १० गते संविधानको धारा ७६ (२) अनुसार नियुक्त भएका प्रचण्डले ७६ (४) बमोजिम विश्वासको मत लिन लागेका हुन् ।

प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेका दलहरूमा प्रतिनिधिसभामा नेपाली कांग्रेसका ८८, नेकपा एमालेको ७९, माओवादी केन्द्रका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, नेकपा एसका १०, जनमत पार्टीका ६, नागरिक उन्मुक्तिका ४, लोसपाका ४, आम जनता पार्टीका १ र स्वतन्त्र २ सांसद छन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा छन् । १२ दल र स्वतन्त्रसहित बाँकी २७४ मा राष्ट्रिय जनमोर्चा र नेमकिपामात्रै विपक्षमा उभिएको छ।

प्रचण्डले विश्वासको मत माग्दै आफू निषेध, अपमान र प्रतिशोध होइन सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाउन चाहेको बता ए। उनले सहकार्य र आपसी विश्वासको राजनीतिलाई अघि बढाउने उल्लेख गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *