‘माइ पे’ पनि, अब ‘फोन पे’को नेटवर्कमा

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक संस्था ‘माइ पे’ अब ‘फोन पे’को नेटवर्कमा जोडिएको छ । ८ लाख भन्दा बढी सेवाग्राही भएको ‘माइ पे’ र ‘फोन पे’ बीच सहकार्य गर्ने सम्झौता भएसँगै ‘माइ पे’ विधिवत् रुपमा आजदेखि ‘फोन पे’को नेटवर्कमा जोडिएको हो ।

यससँग अब फोन पे का ११ लाख भन्दा बढी मर्चेन्ट आउटलेटमा माइ पेका सेवाग्राहीले क्यूआरमार्फत भुक्तानी गर्न पाउनेछन् ।

सम्झौता हस्ताक्षर कार्यक्रममा फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले माइ पेलाइ फोन पे को नेटवर्कमा जोड्न पाउँदा खुशी लागेको भन्दै अब माइ पे का प्रयोगकर्ताले पनि क्यूआरमार्फत भुक्तानी गर्न पाउने र त्यसले डिजिटल भुक्तानी बढाउन थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रम माइ पे का प्रमुख कार्यकारी अधिकृत मनोज महेताले आफ्ना सेवाग्राहीलाई थप सुविधा दिन फोन पे को नेटवर्कमा जोडिएको र यसले सेवाग्राहीलाई थप सुविधा हुने विश्वास व्यक्त गरेका थिए । नेपाल राष्ट्र बैंकले पनि फोन पे र माइ पे को यो मर्जरलाई सकारात्मक रुपमा लिएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *