वागमतीमा बढीमा ११ मन्त्रालय बनाउने मुख्यमन्त्री जम्कट्टेलको तयारी

हेटौँडा । वागमती प्रदेशका नवनियुक्त शालिकराम जम्कट्टेलले वागमती प्रदेशमा बढीमा ११ वटा मन्त्रालय हुने जनाएका छन् । हाल १४ वटा मन्त्रालय रहेको वागमतीमा अब ३ वटा मन्त्रालय घटाएर ११ वटा बनाउने तयारी रहेको मुख्यमन्त्री जम्कट्टेलले बताए ।

धेरै मन्त्रालय भएको प्रदेशको आरोप खेपिरहेको वागमतीमा मन्त्रालयको संख्या घटाउँदे जनताको सेवा सुविधाको पक्षमा नियमित काम गर्ने संयन्त्रहरु परिचानल गरिने उनको भनाई थियो ।

जम्कटेलले केन्द्रीय गठवन्धन बाहिर रहेका एकिकृत समाजवादी र हाम्रो नेपाली दललाई पनि सरकारमा सहभागी गराउने तयारी भैरहेको बताए ।

प्रदेश सरकार निर्माणका समर्थन जनाएका एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सिटले महत्वपूर्ण अर्थ राख्ने भन्दै उनले उनीहरुलाई सरकारमा ल्याउने प्रयत्न जारी रहेको उल्लेख गरे ।

मुख्यमन्त्री जम्कट्टेलले शुसासनको क्षेत्रमा आफुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै जनताले आभाष पाउनेगरि आफ्नो कार्यकालको अवधिभर काम हुने दाबी गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *