विराटनगर । माओवादी प्रदेश १ संसदीय दलको बैठकले मुख्यमन्त्री आलोपालो हुनेगरी सहमति गर्न केन्द्रमा लेखेर पठाउने निर्णय गरेको छ ।
मुख्यमन्त्री दाबी गरिरहेको बेला एमालेलाई मात्र एकलौटी दिएको भन्दै आजै मन्त्री नपठाउने निर्णय भएको सांसद गणेश उप्रेतीले बताए ।
उनले पार्टी केन्द्रलाई निर्णय सच्याउन अनुरोधसहित पत्र लेख्ने र सो पत्रको जवाफ नआएसम्म सरकारमा नजाने बताए ।
माओवादीसहितको समर्थनमा यहाँ हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।

Leave a Reply