बाबुरामको प्रस्ताव : अस्थिरता देशले थेग्न सक्दैन, राष्ट्रिय सहमतिको सरकार बनाऔं

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरूको राष्ट्रिय सहमतिमा स्थिर सरकार बनाउन प्रस्ताव गरेका छन् ।

नेकपा एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्ने खेल भएपछि उनले यस्तो बताएका हुन् ।

‘विश्वव्यापी आर्थिकमन्दी मडारिँदै गरेको र नेपाल पहिल्यै अल्पविकास र परनिर्भरताको दुष्चक्रमा फसिरहेको स्थितिमा देशले अर्को राजनीतिक अस्थिरताको चक्र थेग्न सक्दैन’

उनले ट्वीटरमा लेखेका छन्, ‘अतः खुट्टा तानातानमा समय खेर फाल्नुसट्टा संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरूको राष्ट्रिय सहमतिको स्थिर सरकार बनाउने कि?’

विश्वव्यापी आर्थिकमन्दी मडारिँदै गरेको र नेपाल पहिल्यै अल्पविकास र परनिर्भरताको दुष्चक्रमा फसिरहेको स्थितिमा देशले राजनीतिक अस्थिरताको चक्र थेग्न नसक्ने उनको भनाइ छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *