के छ रवि लामेछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्चको आदेश ? (आदेशसहित)

काठमाडाैं ।  उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले लामिछानेको नागरिकताको विषयमा परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

आदेशमा भनिएको छ, ‘प्रत्यथीमध्येका रवि लामिछानेमा प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुने योग्यता रहेको वा नरहेको भन्ने विवादित प्रश्न रहेको छ । यसरी उठाइएको प्रश्नको छिटो छरितोरुपमा निवेदन उपर पूर्ण सुनुवाई गर्न निरुपण गर्न मनासिव हुने देखियो । अहिले सुविधा सन्तुलतको दृष्टिले हेर्दा अन्तरिम आदेश जारी गर्नु मनासिव देखिएन ।’

यस्ताे छ अदालतकाे आदेश

Comments

One response to “के छ रवि लामेछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्चको आदेश ? (आदेशसहित)”

  1. binod Avatar
    binod

    रवि लामिछानेले २०५० सालमा नेपाली नागरिकता लिएका थिए। पछि उनी अमेरिका गए र अमेरिकी नागरिकता लिए। उनले नेपाली नागरिकता त्यागेनन् र प्रशासनले पनि खारेज गरेन। बरु त्यही नागरिकताको आधारमा ७ वर्षअघि नेपाली पासपोर्ट पनि लिए। यो पासपोर्ट पनि वैधानिक नभएको र दोहोरो नागरिकता तथा पासपोर्ट बोकेको आरोप पनि उनीमाथि छ। पहिलेकै नागरिकता प्रयोग गरेर सांसदको उम्मेदवार बनेपछि उनीमाथि प्रश्न उठेको हो। निर्वाचन आयोगले यो विषयको टुंगो नलगाई रविलाई निर्वाचित घोषणा गरेपछि विवाद सर्वोच्च पुगेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *