राप्रपा वागमती दलका नेता थापा भन्छन्- मुख्यमन्त्री बनेर संघीयता खारेजी अभियान चलाउँछु

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका वागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापाले संघीयता, धर्मनिरिपेक्षता र गणतन्त्र खारेज गर्नुपर्ने बताएका छन् । हेटौँडामा पत्रकारहरुसँग कुरा गर्दै थापाले अहिलेको राज्य संरचनाले देशलाई फाइदा नहुने भन्दै संघीयता खारेजीसहित पुनः राजतन्त्र स्थापनाको आफूहरुको अभियान जारी रहने बताए ।

राप्रपाले उठाएका मागको पछाडि धेरै जनताको साथ रहेको र राप्रपा पनि मुख्यमन्त्री दाबी गर्ने मात्र हैन, मुख्यमन्त्रीको लागि निर्णयक मानिएको शक्ति रहेको देखाउन आफूहरुले वागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको बताउँदै थापाले आफू मुख्यमन्त्री भएपछि प्रदेश खारेजीको अभियानलाई थप तीव्र बनाएर लैजाने बताए ।

राप्रपाले संघीयतामा मुलुक जाँदादेखि यो गलत भयो भन्दै सडक र सदनबाट आन्दोलन जारी राखेको भन्दै अब भित्रै गएर पनि संघीयता खारेज गर्नुपर्ने अवस्थाको सृजना गर्न आफूहरु प्रदेश तहका चुनावमा सहभागी भएको उनले बताए ।

मुख्यमन्त्रीको लागि सत्ता साझेखार दलहरुले छलफल चलाएको बताउँदै थापाले यो वागमती प्रदेशमा राप्रपा निर्णयक शक्ति रहेको बताए । हामीले देशभरबाट एउटा मात्र प्रदेशको दाबी गर्दा त्यो वागमती रहेको भन्दै थापाले भने, ‘हामीले यहाँ सत्ता समीकरणको मुख्य प्रतिस्पर्धीको रुपमा काम गर्नेछौं, केन्द्रीय तहमा राप्रपालाई सहयोग हुने निर्णय हुनेछ भन्ने विश्वासमा छौँ ।’

Comments

One response to “राप्रपा वागमती दलका नेता थापा भन्छन्- मुख्यमन्त्री बनेर संघीयता खारेजी अभियान चलाउँछु”

  1. बिकल्प Avatar
    बिकल्प

    संबिधानको अक्षरस पालना गर्छु भनेर कसम खानेले त्यहि संबिधान बिपरित काम गर्नु भनेको महाभ्रष्टाचार हो। भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानुसरह हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *