काठमाडौं । मानवता प्रवद्र्धनका लागि आज काठमाडौँको भृकुटीमण्डपमा ‘नेपथ्य लाइभ कन्सर्ट’ हुँदैछ । महिनाव्यापी उक्त कार्यक्रमको शुरुवात मङ्सिर १६ गते विराटनटरको हाटखोला मैदानबाट भएको थियो ।
मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशाला, २२ गते हेटौँडाको भुटनदेवी स्कुलचौर, २५ गते भरतपुरको क्याम्पाचौर, २९ गते नेपालगञ्जको रङ्गशाला, पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ मैदान र १२ गते पोखराको प्रदर्शनी केन्द्रमा कार्यक्रम भएको थियो । अभियानको अन्तिम कार्यक्रमको रुपमा आज काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको हो ।
उक्त कन्सर्टको तयारी पुरा भएको आयोजक मानवसेवा आश्रमले जानकारी गराएको छ । काठमाडौँको रानीवनस्थित मानवसेवा आश्रममा अध्यक्ष रामजी अधिकारीले अन्य नौ शहरमा भव्यताका साथ सम्पन्न भएको उक्त कार्यक्रमआज भृकुटीमण्डपमा अन्तिम कन्सर्टमा रुपमा मुलुकका विशिष्ट व्यक्तिसहित झण्डै ६ हजार दर्शकको उपस्थिति आयोजना हुने बताए ।
उनले सङ्गीतमार्फत मानवता प्रवद्र्धन गरी सडकआश्रित बेसहारा व्यक्तिहरुलाई सडकको चिसो छिँडी र सडकपेटीहरुमा बस्नुपर्ने अबस्थाको अन्त्यका लागि समाजमा सचेतना जगाउन एक महिने सङ्गीत अभियान चलाइएको पनि जानकारी दिए ।
नेपथ्य व्याण्डका प्रमुख गायक अमृत गुरुङले आश्रमले जे काम गरिरहेको छ, त्यो काम धेरै मान्छेले गर्न नसक्ने बताए । उनले यो काम कसैले गरिदिए हुन्थ्यो भनेर विगतदेखि नै आफूले सोचेको अन्तत आश्रमले गरेको थाहा पाएर खुसी लागेको बताए । उहाँले धन हुनेसँग भन्दा मन हुनेसँग मानवता रहेको उल्लेख गर्दै आश्रमको अभियानमा जे सकिन्छ सहयोग गर्न अनुरोध पनि गरे । काम गर्नेहरुलाई प्रश्न उठ्ने भएकाले कसैले प्रश्न गर्दैमा नहिच्किचाइकन अभियान अघि बढाउन आग्रह गरे ।
विसं २०६९ सालमा स्थापना भइ सडकका असहाय तथा बेवारिसे नागरिकको उद्धार अभियान थालेको आश्रमले हालसम्म झण्डै आठ हजार नागरिकलाई सडकबाट उद्धार गरिसकेको छ । हाल एक हजार ६०० सडकआश्रित मानवहरु आश्रमका विभिन्न शाखाहरुमा संरक्षित छन् । झण्डै एक हजारलाई परिवारमा पुनमिलन गराइसकेको छ ।
देशका १९ जिल्लामा २३ शाखामार्फत सेवा गर्दै आएको आश्रमले आगामी २०८२ सालसम्ममा मुलुकका सडकपेटीमा वेवारिसे मानिसहरु नरहने अबस्था निर्माण गर्ने योजनाका साथ काम गरिरहेको आश्रमका सचिव सुमन वर्ताैलाले बताए ।

Leave a Reply