मञ्चले भन्यो- एउटा मोबाइल सेटमा पनि भन्सार लगाइनु प्रवासी नेपालीमाथिको निर्मम शोषण

काठमाडौं । नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्चले प्रवासमा रहेका नेपालीहरूले घर फर्किँदा आफ्नो परिवारका सदस्यका लागि ल्याउने एउटा मोबाइल र ल्यापटमा समेत भन्सार तिर्नुपर्ने नियम लगाइएकोमा आपत्ति जनाएको छ ।

मञ्चका अध्यक्ष सञ्जय थापा र सचिव हेम शेर्पाले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै विदेशमा वर्षौंसम्म रगत, पसिना बगाएर आफ्नो जहान परिवारलाई एउटा मोबाइल र छोराछोरीको लागि एउटा ल्यापटप ल्याउँदा पनि भन्सार लिनु भनेको प्रवासी श्रमजिवीमाथिको निर्मम शोषण भनेका छन् ।

प्रवासमा रहेका नेपालीहरूलाई शोषण गर्ने खालको उपहारको फोन र ल्यापटपमा भन्सार अनिवार्य गर्ने निर्णय तत्काल खारेज गर्न मञ्चले माग गरेको छ ।

Comments

2 responses to “मञ्चले भन्यो- एउटा मोबाइल सेटमा पनि भन्सार लगाइनु प्रवासी नेपालीमाथिको निर्मम शोषण”

  1. Lilaram Dhamala Avatar

    Good hami pani sahmat cu

  2. ksp pyl Avatar
    ksp pyl

    विदेशमा कमाएको आधा कर बुझाउँदा मतलव छैन । नेपालमा एउटा मोवाईल त्यसै ल्याउन पाईन्छ । थप ल्याउनु परेमा १८% कर तिर्नु्पर्यो भनेर केको रोईलो नि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *