महान्यायाधिवक्ता पोखरेलले लिए शपथ, पदभार पनि सम्हाले (भिडिओ)

काठमाडौं । महान्यायाधिवक्तामा नियुक्त भएका दिनमणि पोखरेलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

पोखरेललाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाएका हुन्।

शपथ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेलगायतका शीर्ष नेताहरू सहभागी थिए।

प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले पोखरेललाई बुधबार नियुक्त गरेकी थिइन् ।

शपथलगत्तै महान्यायाधिवक्ता कार्यालय पुगेर उनले पदभार सम्हालेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *