काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक पुस १६ गते बस्ने भएको छ ।
राजनीतिक समितिको बैठकमा प्रस्तुत हुने कार्यसूचीहरु तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको बैठक पार्टी कार्यालय बालकुमारीमा बस्नेछ ।
त्यस्तै, जसपाले पुस १८ र १९ गते राजनीतिक समितिको बैठक पनि बोलाएको छ । चुनावी समिक्षा, विधान अधिवेशन, संगठन तथा आगामी कार्यदिशा लगायतका एजेण्डाहरुमा बैठक केन्द्रित हुने बताइएको छ ।
जसपाले आजै मात्रै संसदीय दलको नेतामा रामसहाय यादवलाई सर्वसम्मत चुनेको थियो ।

Leave a Reply