रोनाल्डो बाहिरिएपछिको पहिलो खेलमा म्यान युनाइटेडको सहज जित

लन्डन। इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत मङ्गलवार राती भएको खेलमा म्यानचेस्टर युनाइटेडले नोटिङ्घमलाई ३-० गोलले हराएको छ।

घरेलु मैदानमा भएको खेलमा म्यान युनाइटेडका मार्कस रासफोर्ड, एन्थोनी मार्सल र फ्रेडले गोल गरे। क्रिस्टियानो रोनाल्डोलाई बिदा गरेयता म्यान युनाइटेडले पहिलो खेल खेलेको हो।

क्लबबारे विवादास्पद अन्तर्वार्ता दिएपछि म्यान युनाइटेड पाँचपटकका फिफा वर्ष खेलाडी रोनाल्डोलाई बिदा गर्ने निर्णयमा पुगेको थियो।

रोनाल्डो पहिलो रोजाइमा ठाउँ पाउन छाडेपछि आक्रोशित बन्दै गएका थिए।

१५ खेलबाट २९ अंक भएको म्यान युनाइटेड तालिकाको पाँचौँ स्थानमा छ। शीर्षस्थानमा रहेको आर्सनलको १५ खेलबाट ४० अंक छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *