रविको पहिलो एक्सन- भीआईपीका नियमविपरीत सुविधा र पीएसओ ४८ घण्टाभित्र फिर्ता गर्नू

काठमाडौं । गृहमन्त्रालयले कार्यविधिविपरीत भीआईपीको पीएसओ र सेवा सुविधा ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ । रवि लामिछाने गृहमन्त्रीमा नियुक्ति भएको भोलिपल्ट मन्त्रालयले सो निर्णय गरेको हो ।

विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा व्यवस्था गरिएको भन्दा विपरीत सेवा सुविधालगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन गरिएको मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव फणिन्त्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कार्यविधिमा बहालवाला तथा पूर्वकर्मचारी तथा सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने व्यवस्था रहेको छ ।

विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनलाई अझ प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउनका लागि विशिष्ट व्यक्तिको सुरक्षा र सम्मानलाई ध्यान दिएर सरकारले व्यक्तिगत सुरक्षा प्रदान गर्दै आएको छ । मन्त्रालयले कार्यविधि पालना गरेर सहयोग गर्न पनि अनुरोध गरेको छ ।

Comments

One response to “रविको पहिलो एक्सन- भीआईपीका नियमविपरीत सुविधा र पीएसओ ४८ घण्टाभित्र फिर्ता गर्नू”

  1. ksp pyl Avatar
    ksp pyl

    सहि निर्णय । यस्तै काम देख्दै जान पाउँ । अझ तस्करीको जालो हटाउन सुरक्षा निकायलाई सचेत गराईहाल्नुपर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *