हेम-सरिता पाठक फाउण्डेसनद्वारा भ्रष्टाचारविरोधी स्रष्टाहरु पुरस्कृत

काठमाडौं । भ्रष्टाचारविरुद्ध च्यारिटी अभियान सञ्चालन गर्दै आएको हेम-हेम सरिता पाठक फाउण्डेसनले विभिन्न विधाका पुरस्कार वितरण गरेको छ । सोही अवसरमा भ्रष्टाचारविरुद्धको कविता संग्रह विमोचनसमेत भएको छ ।

फाउण्डेशनले सोमवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा दुई हजार डलर राशीको टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट योहो टेलिभिजनका समाचार प्रमुख तथा वरिष्ठ पत्रकार जीवराम भण्डारी सम्मानित भएका छन् ।

त्यस्तै, फाउण्डेशनले एक हजार डलर राशीको हेम-सरिता पाठक अन्तर्राष्ट्रिय संगति पुरस्कारबाट गायक नविन पौडेललाई सम्मानित गरेको छ । यसाका साथै एक हजार डलर राशीसहितको भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कार कवि मनोज विश्वकर्माले पाएका छन् ।

फाउण्डेशनको अन्तर्राष्ट्रिय समिति अध्यक्ष जेनी पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ठ कलाकार हरिबंश आचार्य,बरिष्ठ राजनीतिक दिनानाथ शर्मालगायतले फाउण्डेशनले भ्रष्टाचारविरुद्ध चलाएको अभियानलाई नेपाल सरकारकाले साथ दिनुपर्ने बताए ।

सो कार्यक्रममा अध्यक्ष जेनी पाठक र फाउण्डेशनका संरक्षक हेम पाठकले आफूहरुले नेपालको शिक्षा,स्वास्थ्य र सुशासनको पक्षमा गरेका हालसम्मका कामहरुको बारेमा जानकारी गराएका थिए ।

अमेरिकामको टेक्ससमा मुख्य कार्यालय रहेको सो फाउण्डेशनले नेपालको दुर्गममा विद्यालय भवन निर्माणदेखि विपन्न बालवालिकाको शिक्षामा लगानी गरेको छ । विशेषगरी संस्थाले भ्रष्टाचारविरुद्ध श्रष्टाहरुलाई सम्मान तथा भ्रष्टाचारविरुद्ध लेख्दै र वकालत गर्दै आएकाहरुलाई पुरस्कृत गर्ने गरेको छ ।

 

Comments

One response to “हेम-सरिता पाठक फाउण्डेसनद्वारा भ्रष्टाचारविरोधी स्रष्टाहरु पुरस्कृत”

  1. त्रिलोचन गौतम Avatar
    त्रिलोचन गौतम

    के कती र कुन ठाऊँमा हो प्रष्ट विवरण भन्नु होला । नत्र यस्ता प्रोपागंडाले हामी वाक्य भै सक्यौ ! झूठको खेती धेरई भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *