काठमाडौं । प्रजातन्त्र सेनानी स्व. कमल चित्रकारको १३ औं दिनको पुण्य तिथिका अवसरमा ‘ह्वील चेयर’ र ‘स्टेचर’ हस्तान्तरण गरिएको छ ।
चित्रकार परिवारले श्रद्धाञ्जलीसभा आयोजना गर्दै मछिन्द्र क्लबका अध्यक्ष सुनिल कपालीलाई ह्वील चेयर हस्तान्तरण गरिएको हो ।
काठमाडौंको इन्द्रचोक बहालमा सानो गल्ली त्यसैमाथि सामान किन्नेको भिडले एम्बुलेन्स सजिलै आउन नसक्नेभएपछि विरामीहरुलाई ‘ह्वील चेयर’ र ‘स्टेचर’मा राखेर सजिलैसँगै छिटो अस्पताल पुर्याई उपचार होस् भन्ने हेतुले सहयोग गरिएको परिवारले जनाएको छ ।
उक्त सभामा काठमाडौं क्षेत्र नम्वर ८ का सांसद विराजभक्त श्रेष्ठले स्वर्गिय चित्रकारले सामाजिक कार्य र सांस्कृतिक सम्पदाको संरक्षणमा पुर्याएको योगदानको प्रसंसा गरेका थिए । त्यसैगरी काठमाडौं महानगर समितिका सभापति निलकाजी शाक्यले समाजसेवी चित्रकारलाई गुमाउँदा समाजलाई ठूलो क्षति पुगेको बताएका छन् ।

चित्रकारको मंसिर २६ गते निधन भएको थियो । चित्रकार प्रदिप्त पुस्तकालयका भूपू अध्यक्ष तथा संरक्षक समेत रहेका चित्रकार महानगरपालिकाको पूर्वप्रधान पञ्चसमेत हुन् ।

Leave a Reply