प्रचण्डलाई फोन गरेर देउवाले भने- शपथग्रहणमा आउँदिनँ

काठमाडौं । निवर्तमान हुन लागेका प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेर आफू शपथग्रहण समारोहमा नआउने जानकारी गराएका छन् ।

सोमबार प्रचण्डलाई प्रधानमन्त्री बनेकोमा बधाई दिँदै देउवाले आफू शपथग्रहणमा आउन नसक्ने जानकारी गराएका हुन् । सो वार्तामा प्रचण्डले भने शपथग्रहणमा आइदिन आग्रह गरेका थिए ।

देउवाले भने यसअघि पनि आउटगोइङ प्रधानमन्त्री शपथग्रहणमा नआएको नजिर दिँदै नआउने बताएका थिए । यद्यपि देउवालाई उनीनिकट कतिपय नेताहरूले पनि शपथग्रहणमा गएर राजनीतिक संस्कार देखाउन आग्रह गरेका छन् ।

Comments

One response to “प्रचण्डलाई फोन गरेर देउवाले भने- शपथग्रहणमा आउँदिनँ”

  1. Kesar Avatar
    Kesar

    …. Aru lechordai ma afule pani tyahi bato apnaune ho ra kasto NC vannai laj lager ayo yo Deuba le garda

Leave a Reply

Your email address will not be published. Required fields are marked *