काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफू सांसद बन्नसमेत योग्य नभएकाले मन्त्री बन्ने बताएका छन् ।
गठबन्धनको बैठकपछि तपाई आफू चाहिँ सरकारमा नजाने भन्ने सञ्चाकर्मीहरुको प्रश्नमा कुरा गर्दै उनले भने, ‘म खासमा सांसदका लागि पनि योग्य मान्छे होइन, मन्त्रीको त परको कुरा भयो । त्यही भएर हाम्रो पार्टीले योग्य व्यक्तिको रुपमा अब्दुस खानलाई पठाने भएको छ ।’
काम गर्नका लागि सरकारमै जानुपर्ने बाध्यता आइलागेको उनले बताए ।

Leave a Reply