काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक डाकेको छ ।
अहिले केहीबेरमा बस्ने बैठकमा काठमाडौंमा उपलब्ध कार्यकारिणी समिति सदस्यहरू सहभागी हुनेछन् ।
पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारे छलफल गर्न बैठक बोलाइएको जसपाले जनाएको छ । एमालेसहितको गठबन्धन सरकारमा जाने निर्णयमा जसपाले सहमति जनाइसकेको छ ।

Leave a Reply