काठमाडौं । सत्ता गठबन्धनसँग कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट पुगेका छन् । निजी निवासमा ओलीले प्रचण्डलाई हार्दिकताका साथ स्वागत गरेका छन् । प्रचण्डसँगै उनकी छोरी गंगा दाहाल पनि बालकोटमा छिन् ।
नेकपा विभाजनपछि पहिलो पटक प्रचण्ड बालकोट पुगेका हुन् । ओलीले ०७७ पुस ४ गते संसद् विघटन गरेपछि ओली र प्रचण्डबीच सम्बन्धमा दरार आएको थियो।
तर, अहिले कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने भएपछि प्रचण्डले गठबन्धन तोडेर एमालेसँग पुनः सहकार्यको हात बढाएका हुन्।
०७४ सालको निर्वाचनमा एमाले र माओवादी मिलेर चुनाव लडेपछि दुई तिहाइ नजिकको बहुमत प्राप्त गरेका थिए। तर, ओली र प्रचण्डको झगडाले टिक्न सकेन।

दुई नेताबीच सम्बन्ध बिग्रिएपछि पहिलो पटक औपचारिक रूपमा दुई नेताबीच भेटवार्ता भएको हो । कांग्रेसले अन्तिम समयसम्म अडान नछाडेपछि ओलीसँग मिलाउनका लागि माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङलगायतका नेताले भूमिका खेलेको हुन् ।


Leave a Reply