भाट-भटेनीमा नेपाल पे क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक

काठमाडौं । भाट–भटेनी सुपर मार्केटका ग्राहकहरूले अब नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम रु १०० सम्मको) क्यासब्याक प्राप्त हुने छ ।

क्यासब्याकको अफर नेपाल भरीका भाटभटेनीका शाखाहरूमा पुस १० देखि माघ १० गतेसम्म उपलब्ध हुनेछ । नेपाल पे क्युआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट अथवा कनेक्ट आइपीएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

भाटभटेनीमा नेपाल पे क्युआरको सेवा माछापुच्छ्रे बैङ्क, हिमालयन बैंकको सहकार्यमा सुचारु गरिएको हो । देशको सबै भन्दा ठूलो रिटेल स्टोरमा लागू गरिएको उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन हुने विश्वास गरिएको छ ।

हाल नेपाल पे क्युआरको सुविधा एभरेष्ट बैङ्क, हिमालयन बैङ्क, माछापुच्छ्रे बैङ्क, मेगा बैङ्क, नेपाल क्रेडिट एण्ड कमर्स बैङ्क, एनआइसी एसिया, सानिमा बैङ्क, सनराइज बैङ्क, कामना सेवा विकास बैङ्क, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सम्बृद्धि फाइनान्स र कनेक्ट आइपीएस मोबाइल एपमा उपलब्ध रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *