छोरी पहिलोपटक महिनावारी भएपछि पत्रकार दम्पतीले दिए पार्टी, केक पनि काटियो

काठमाडौं। एक पत्रकार दम्पतीले आफ्नी छोरी पहिलोपटक महिनावारी भएकोमा धूमधामसँग खुसीयाली मनाएका छन् । यो खबर अन्यत्र कतैको नभएर नेपालकै हो ।

राससमा कार्यरत पत्रकार प्रकाश सिलवाल र रेडियो नेपालमा काम गर्ने उनकी पत्नी यशोदा सिलवालले ११ वर्षीया छोरीको महिनावारीलाई उत्सवका रूपमा मनाएका हुन् ।

पत्रकार जोडीले हिजो निकट आफन्त र साथीभाइ सहितको जमघट आयोजना गरेका थिए । कार्यक्रममा बालिकालाई सयपत्री फुलको माला र शिरमा क्राउन पहिर्याइएको थियो ।

बालिकालाई केक काट्न पनि लगाइयो । बालिका र बुवाआमाले एकअर्कालाई केक खुवाए । आगन्तुकहरूले बालिकालाई बधाई दिए ।

यशोदाले आफ्नो फेसबुकमा उक्त सेलिब्रेसनका तस्बिरहरू पोस्ट गरेकी छन् । महिनावारी पाप होइन उत्सव हो भनेर यो कार्यक्रम आयोजना गरेको उनको भनाइ छ ।

कमेन्टमा अधिकांशले गज्जबको काम गरेको भन्दै प्रकाश र यशोदाको वाहवाही गरिरहेका छन् ।

Comments

6 responses to “छोरी पहिलोपटक महिनावारी भएपछि पत्रकार दम्पतीले दिए पार्टी, केक पनि काटियो”

  1. Denice Pariyar Avatar
    Denice Pariyar

    यो सर्वथा वाहियात र नाजायज हो । महिनावारी मा छुवाछूत र भेदभाव गर्नु अमानवीय गलत ब्यवहार हो भने पहिलो महिनावारिमा पार्टी दिने केक काट्ने जस्तो आडम्बरी उत्सब गर्नु पनि गलत अभ्यास हो। छोरीको पहिलो महिनावारीमा पार्टी दिने र केक काट्ने अनि यसको समर्थन गर्नेले छोराको पहिलो स्वप्नदोशमा पनि पार्टी देलान केक काट्लान त?

    1. Govnda Avatar
      Govnda

      स्वप्न दोष र महिनवारि यउटै हो त? स्वप्न दोष भनेको स्खलन हूनू हो त्यो छोरा मान्छेको पनि हून्छ।

  2. मनाेज भट्टराई Avatar

    यो वाहियात र नाजायज हाे । महिनावारी भएकाे बेलामा छुवाछूत र भेदभाव गर्नु अमानवीय गलत ब्यवहार हो यसलाई कसरी परिवर्तन ग र्ने छुवाछुत गर्नेलाई कसरी चेतना जगाउने भन्ने कुरमा भने सहमत छु म तर पहिलो महिनावारिमा पार्टी दिने केक काट्ने जस्तो आडम्बरी उत्सब गर्नु पनि गलत अभ्यासका साथमा हिन्दु धर्मप्रति चुनाैती पनि हाे । छोरीको पहिलो महिनावारीमा केक काटेर पार्टी दिने चलन या सस्कार चै कुन नेपालमा रहेछ । याे अवस्थामा केक काट्ने अनि यसको समर्थन गर्नेले छोराको पहिलो स्वप्नदोशमा पनि पार्टी देलान केक काट्लान त ? प्रश्न ति समाज परिवर्तनका अगुवा भनाउँदा हरुलाई

  3. krishna neupane Avatar
    krishna neupane

    यो कार्य धर्म,सस्कार,चलन बिरोधि वाहियात र नाजायज हो । महिनावारी महिलामा हुने एक स्वभाविक प्राकृतिक प्रक्रिया हो। यस्लाई बार्नुपर्नाका आ आफ्नै धार्मिक,बैज्ञानिक ,सामाजिक कारण होलान् ।नछुने बार्नुलाई छुवाछूत र बिभेदका रूपमा लिनु बुझ्नु धर्म,सस्कृती भित्रको बैज्ञानिकता नबुझ्नुको अग्यानता हो।यसरी पहिलो महिनावारिलाई ठुलो सफलता जस्तै गरि पार्टी दिने केक काट्ने जस्तो वहिघात,हास्यास्पद आडम्बरी उत्सब सायद केही नहोला। हाम्रो हिन्दु सस्कार परम्परा भित्रको बैज्ञानिकता नबुझी यस्तो गलत हर्कत गर्ने पत्रकारले पत्रकारिताको माध्यामबाट देश,समाजलाई के नै राम्रो बिषय र ज्ञान देलान र?

    REPLY

  4. Tekraj Magar Avatar
    Tekraj Magar

    घोरीको पहिलो महिनावारीमा छोरीलाई घर भित्रै अछुत बनाउने तर छोराको पहिलो स्वप्नदोषमा वास्तै नगर्ने अभिभावकहरुलाई ध्यानाकर्षण गर्न र भेदभाव हटाउन गरिएको कार्य हो

  5. JHAK BAHADUR PURI Avatar

    ekdam ramro kam ho yo xupadi partha ko unmulan garna yo kura le mahan yogdan dine xa.
    samaj ma vayeka narama kuruti saskar hatauna parxa. aba sarpa le dasera balatakar vayera pida vognu parne xaina yestai gari sabaile anusaran gare ma.sixya ra giyan vayeka manxe le bujhera sabaile lagu garau .

Leave a Reply

Your email address will not be published. Required fields are marked *