कोरोनाको जोखिम बढेको भन्दै सतर्कता अपनाउन गृहको आग्रह

काठमाडौं । गृह मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण नेपालमा कम भए पनि छिमेकी राष्ट्रलगायतका केही देशमा सङ्क्रमणका नयाँ स्वरुप (भेरिएन्ट) देखा परेकाले त्यसको जोखिम तथा असर नेपालमा पनि पर्न सक्ने अवस्थाप्रति सजग एवं सुसूचित हुन अनुरोध गरेको छ ।

मन्त्रालयले जिल्लास्थित सुरक्षा समिति, स्वास्थ्य कार्यालय, स्थानीय तहलगायत सरोकारवाला निकायको समन्वयमा सार्वजनिक यातायातका साधन तथा बढी भिडभाड हुने स्थानमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणीन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गर्दै एक अर्कामा भौतिक दूरी कायम राख्ने तथा व्यक्तिगत सरसफाइलगायतमा आवश्यक स्वास्थ्य मापदण्डको पालना गर्ने व्यवस्था मिलाउन पनि अनुरोध गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *