नेपालमा पहिलो पटक लिग स्तरिय दोहोरी रियालिटी शो हुँदै, डिजिटल अडिसन खुल्ला

काठमाडौँ। नेपालमा पहिलो पटक हुन लागेको लिग स्तरिय लोक दोहोरी रियालिटी शो ‘दोहोरी आइडल’ को लागी डिजिटल अडिसन खुल्ला गरिएको छ ।

पौष १३ देखि २९ गतेसम्म खुल्ला गरिएको डिजिटल अडिसनको लागि ७७ वटै जिल्लाबाट जिल्ला स्तरिय प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र चौथो भएकाहरुले आबेदन दिन सक्नेछन् ।

नेपालका प्रतिष्ठित ४२ कलाकारहरु बिच हुने प्रतिस्पर्धाको निर्णायकमा पूरुषोतम न्यौपाने,राजु परियार,घमेश दुलाल र रीता थापा रहनेछन्।डिएआर मुभिजले गर्न लागेको रियालिटी शो ‘दोहोरी आइडल’ का विजेताले नगद १५ लाख र कार जित्नेछन् भने दोश्रो हुनेले नगद ७ लाख र तेस्रो हुनेले नगद ५ लाख प्राप्त गर्नेछन्। दोहोरी आइडलको छायाँकन यही माघबाट र प्रशारण फागुनबाट हुँदैछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *