गठबन्धनको उद्देश्य छैन, वामपन्थीहरु एकैठाउँमा उभिनुपर्छ: शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वामपन्थीहरु एकैठाउँमा उभिनुपर्ने बेला आएको बताएका छन्।

सुर्खेतमा आयोजित नेपाल पत्रकार महासंघको साधारणसभालाई सम्बोधन गर्दै उनले गठबन्धनको कुनै उद्देश्य नभएकाले वामपन्थी शक्तिहरु एकजुट हुनुपर्ने बताएका हुन्।

उनले भने, ‘अहिले राजनीतिक अस्थिरता र अराजकता बढ्दै गएको छ। मुलुकलाई बलियो राष्ट्रिय शक्तिको आवश्यक परेको छ। गठबन्धनको कुनै लक्ष्य छैन। त्यसैले वामपन्थीहरु एक ठाउँमा उभिनुपर्छ।’

निर्वाचनबाट गठबन्धन जनादेश गुमाइसकेको उनको भनाइ छ। एमाले र माओवादी मिलेर सरकार बनाउने गृहकार्य भइरहेको बेलामा महासचिव पोखरेलले वामपन्थी एकजुट हुनुपर्ने बताएका हुन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *