को बन्ला भ्वाइस अफ नेपालको विजेता ? आज छिनोफानो

काठमाडौं । चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपालको’को चौथो सिजनको आज बेलुका ग्रान्ड फिनाले हुँदैछ। आज सम्पन्न हुने फिनालेबाट नेपालले भ्वाइसको विजेता प्राप्त गर्नेछ।

उपाधिको लागि प्रमोद खरेलको समूहबाट योगेश मगर, राजेशपायल राईको समूहबाट सविना योङहाङ, राजु लामाको समूहबाट करण राई र प्रविशा अधिकारीको समूहबाट शाइल लिम्बू गरी चार प्रतिस्पर्धीहरु भिड्दैछन् ।

अधिकतम भोट प्राप्त गर्ने प्रतिस्पर्धीको हातमा आज भ्वाइसको उपाधि हुनेछ। करिब डेढ महिनाअघिदेखि सुरु भएको भ्वाइसको यस चौथो संस्करणमा ४२ हजारले आवेदन दिएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *