‘भोलि भन्ने नआउला कतै’ मा करिष्मा र धिरेनको जोडी

काठमाडौं । अभिनेत्री करिष्मा मानन्धर र अभिनेता धिरेन शाक्यले लामो समय पछि एकसाथ स्क्रिन सेयर गरेका छन्। ‘भोलि भन्ने नआउला कतै’ बोलको गीत मार्फत उनीहरुले पुन सहकार्य गरेका हुन्।

तोप्देन भुटिया र रानी शाक्यको आवाज रहेको गीतमा पुरन गिरीको शब्द, दिवश गुरूङको संगीत, ड्यानिएल गडालको एरेन्ज रहेको छ। गीतलाई गायिका रानी शाख्यको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ।

गीतको भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका हुन् भने अर्जुन तिवारी एम बिए फिल्म्स ले खिचेका हुन्। भिडियोलाई सुरेन्द्र बसेलले कोरोयोग्राफी गरेका छन। भिडियोमा जयराम बर्मा र स्विटी तामाङ्गको पनि अभिनय रहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *