राप्ती स्वास्थ्य प्रतिष्ठानमा कपाल उमार्ने उपचार शुरु

रुपन्देही ।दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कपाल उमार्ने उपचार शुरु भएको छ । प्लेटेलेट्स रिच प्लाज्मा थेरापी (पीआरपी) विधिबाट कपाल झरेको ठाउँमा उमार्ने उपचार बिहीबारदेखि शुरु भएको प्रतिष्ठानका रजिस्ट्रार प्रकाश थापाले जानकारी दिए ।

विरामीको रगत निकालेर उक्त रगतबाट प्लेटेलेट्ससहितको प्लाज्मा कपाल झरेको ठाउँमा सुईद्वारा दिएपछि पोषक तत्वको बृद्धि भई कपाल उम्रने सम्भावना हुने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको छाला रोग विशेषज्ञ डा। कृष्ण झा बताए । दाङमै पहिलो पटक घोराहीमा यो सेवा शुरु भएको उनले बताए ।

‘कपाल उमार्ने सँगै अनुहारमा चमक ल्याउन तथा डन्डीफोर एवं चाउरी हटाउन पनि यो विधि प्रभावकारी छ’– उनले भने– ‘यो उपचार विधिमा बिरामीकै रगतबाट प्लेटेसहितको प्लाज्मा छुट्याएर कपाल नभएको ठाउँमा राख्ने गरिन्छ ।’

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको छाला रोग विभागमा यो सेवा सञ्चालनमा आएको हो । प्रतिष्ठानको छाला रोग विभागमा डा। झाको नेतृत्वमा डा। निशा आचार्य र अहेव सुरक्षा घर्ती मगरको टिमले यो काम गरिरहेको छ । प्रतिष्ठानले थेरापी गरेको ३ देखि ६ महिनाभित्र कपाल पलाउने जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *