भागवत गीता बोकेर सुनिल शर्माको सपथग्रहण, तलब भत्ता नलिने घोषणा

काठमाडौं । प्रतिनिधिसभाका धेरै सांसदले ईश्वरको साटो जनताको नाममा सपथ लिए । तर नेपाली कांग्रेसका सांसद सुनिल शर्माले भने गीता छोएर ईश्वरको नाममा सपथ लिएका छन् ।

संस्कृत भाषामा सपथग्रण गर्ने स्वतन्त्र सांसद किरण साहजस्तै कांग्रेस सांसद शर्माले पनि धर्म भाकेर सपथग्रहण गरेका हुन् । सपथग्रहणका लागि नेपालमै बुनेको कपडाको दौरा सुरुवाल लगाएर गएका शर्माले हिन्दुहरुको महान ग्रन्थ गीता पनि साथमै बोकेका थिए ।

सांसद डा. शर्माको हातमा निर्वाचित भएको प्रमाणपत्रसँगै भागवत गीता समेत थियो । शर्मा कांग्रेसबाट निर्वाचितमध्ये सबैभन्दा बढी करिव ४९ हजार मत पाएर जितेका सांसद हुन् ।

पछिल्लो समय नेपाली राजनीतिमा झुट र भ्रष्टाचार मैलाएको बताउँदै डा. शर्माले सत्य र भ्रष्टाचाररहित राजनीतिलाई प्रश्रय दिन भागवत गीता बोकेर संसद भवन प्रवेश गरेको बताए ।

‘पछिल्लो समय नेपाली राजनीतिमा झुट र भ्रष्टाचार मैलाएको छ । म सत्य र भ्रष्टाचाररहित राजनीतिलाई प्रश्रय दिन गीता बोकेर संसद भवन छिरेको हुँ ।’ डा. शर्माले भने ।

डा.शर्माले आफू राजनीतिमा कमाउन नभएर सेवाका लागि आएको भन्दै सांसदबाट पाउने तलबभत्ता नलिई निर्वाचन क्षेत्रका विपन्न जनता तथा परोपकारी संस्थाहरुलाई प्रदान गर्ने बताएका छन् ।

Comments

2 responses to “भागवत गीता बोकेर सुनिल शर्माको सपथग्रहण, तलब भत्ता नलिने घोषणा”

  1. Ksp pyl Avatar
    Ksp pyl

    तलव नलिने भनेर नौटङ्की गर्ने अनि एउटा मेडिकल को नीति आफू अनुकुल बनाउन लगाएर करोडौं कमाउने । कुखुरा चोर छट्टु स्यालको जस्तो कुरा हो यो । जो साँसदले राज्यले तोकिदिएक‍ो तलव भत्ता लिन्न भन्छ सम्झनु त्यसले कहिं दाउ पारेर कुम्ल्याउँदैछ । नत्र तोमिएक‍ो तलव नखाने भए किन साँसद बनेक‍ो ?

  2. ujeer Avatar
    ujeer

    प्रदेश सभासदले पनि नलिने घोषणा गरेका थिए।मिलेर सामाजिक विकासमा लगाउनु होला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *