मिलन चाम्स निर्देशित चलचित्र ‘गुर्खा वारियर’ को टिजर सार्वजनिक

काठमाडौं । निर्देशक मिलन चाम्स निर्देशित चलचित्र ‘गुर्खा वारियर’ को टिजर सार्वजनिक गरिएको छ । वर्ष २०२३ बाट रिलिजको तयारीमा रहेको चलचित्रको आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी टिजर सार्वजनिक गरिएको हो ।

‘गुर्खा वारियर’ २०७ वर्ष अगाडीका हजारौँ कथाहरुमध्येको एक ऐतिहासिक कथा हो। सिपाहीको कथामा आधारित रहेर बनाईएको यस चलचित्रलाई सुष्मिता वाईवा र सुमन राईले निर्माण गरेका हुन। सुदीप बरालको छायांकन रहेको चलचित्रमा एलिस कार्कीको संगीत र राजेश पायल राईको स्वर रहेको छ। द्वन्द्व निर्देशक भने हिमाल केसी रहेका छन् ।

चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, कविता आले, रियर राई, सुरज तमु, भुवन सिंह राई, त्रिचु राई, दिग्गज खत्री, सरोज खालिङ, आरुष सरु मगर, आशिष गुरुङ, सुमिन गुरुङ, सुशील तामाङ, कृष गुरुङ, आदि लगायतका कलकारको अभिनय रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *