शिक्षा सुधारको आवाज बोकेर फेरि देश दौडाहामा निस्किए नवराज

भोजपुर । नेपालको शिक्षा सुधार्ने उद्देश्यसहित भोजपुरका नवराज भट्टराई ‘कोहम’ ले पुन: नेपाल भ्रमण थालेका छन् । ‘सबको इच्छा सार्थक शिक्षा, सफा मन सार्थक जीवन’ नाराका साथ यात्रामा निस्किएका  नवराज लेखक, वक्ता तथा अभियन्तासमेत हुन् ।

व्यावहारिक, जीवनोपयोगी तथा सीप, संस्कार र प्रविधियुक्त शिक्षामा जोड दिँडै उनले सिंहदेवी प्रावि च्याङग्रेबाट भ्रमण सुरू गरेका हुन् । यसअघि उनले सहकर्मी नारायणप्रसाद भट्टराई ‘सोहम’ को साथमा नेपालका सबै जिल्ला, भारतका सबै राज्य र तीन केन्द्रशाशित प्रदेश, भुटान, म्यान्मार तथा चीनका केही भूभागको भ्रमण गरिसकेका छन् ।

उनीहरूको ‘नेपाल भ्रमणका सात सय तीस दिन’, ‘विश्व दृष्टि’, ‘देखेको विश्व र नेपाल’ लगायतका पुस्तक सार्वजनिक भइसकेको छ ।

भ्रमण गर्न नोट होइन अठोट बोकेर हिँडेको भन्दै कोहम भन्छन्, ‘पाए आम नेपाली जनजनको साथ, नपाए आकाश छानो, हावापानी मानो ।’

आफ्नो यात्रा मोटिभेसनमार्फत एक लाख युवा तथा विद्यार्थीलाई प्रेरित गर्ने उद्देश्य दुई वर्षमा पूरा गर्न उनले सहयोगको अपिल गरेका छन् । नेपाल भ्रमणको क्रममा उनले स्कुल, कलेज, विश्वविद्यालय, सरकारी कार्यालय तथा व्यापारिक संस्थामा मोटिभेसन वर्कशप, सेमिनार तथा क्लास दिनेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *