फ्ल्यासब्याकमा पुस ५- ओलीले संसद विघटन नगरेको भए के हुन्थ्यो ?

काठमाडौं । नेपाल प्रेसको औपचारिक थालनी हुनुभन्दा अघिल्लो बिहान अर्थात २०७७ मंसिर २८ गते म नेकपाका तत्कालीन महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलको निवास भैंसेपाटी पुगेको थिएँ ।

मैले नेपाल प्रेसको पहिलो अंकमा केही नयाँ र एक्सक्लुसिभ सूचनासहितको विश्लेषण दिन चाहेको भन्दै तत्कालीन नेकपाको विवाद क्लाइमेक्सको अतवरण कसरी हुन्छ भनेर बुझ्न खोजेको थिएँ । अर्थात नेपाल प्रेसमा केही नयाँ दिनु थियो ।

प्रायः सूचना नचुहाउने विष्णु पौडेलले त्यस दिन मलाई सोधे- लेख्ने नै हो त ? ल आज म तपाईंलाई पहिलोचोटि भित्री कुरा सुनाउँछु । तीनवटा बुँदा सुनाउँछु अरु आफैं विश्लेषण गर्नुस् ।

१ः एक साताभित्र नेकपा फुट्छ

२ः प्रधानमन्त्रीले संसद विघटन गर्नुहुन्छ

३ः देश राजनीतिक र संवैधानिक संकटमा जानसक्छ ।

तत्कालीन नेकपाका शक्तिशाली महासचिवले तेस्रो बुँदाको अलि लामो व्याख्या गरेका थिए, जसको साइड इफेक्ट केही यसबीचमा देखिइसकेको छ भने केही अब देखिनेछन् र लामै समय देखिएर यो संविधान खारेजसम्म पुग्न सक्छ ।

केपी ओलीले गरेको संसद विघटन दुश्मनको घेरामा परेर मृत्यु देखिसकेको व्यक्तिले बाँच्न गरेको आत्मरक्षाको अन्तिम प्रयास थियो, जुन प्रयासले बचाउने निश्चित चाहिँ थिएन ।

नेकपा विवाद केपी ओलीमाथि प्रचण्डको १९ बुँदे महाअभियोग र केपी ओलीको ३८ बुँदे काउन्टर प्रतिवादको चरण पारेर फुटको विन्दूमा थियो । पौडेलले पार्टी एकता जोगिन नसक्ने देखिसकेका थिए । तर पनि मैले जोगिएर स्टोरीको हेडलाइन राख्ने वेला एक साताभित्र फुट्ने भनेर लेख्न सकिनँ । तर, पेटबोलीमा थियो ।

जुन स्टोरी यस्तो थियो : नेकपा विवाद निर्णायक मोडमा: सहमति कि संवैधानिक संकट ?

नेकपा एक साताभित्र फुट्ने ग्यारेन्टीसहित मैले लेखेपछि सामाजिक सञ्जालबाट ममाथि तीव्र दबाब पनि थपिइरहेको थियो । पार्टी मिलाउन वामदेव गौतम, शंकर पोखरेल, घनश्याम भुसाल, योगेश भट्टराईलगायतका नेताहरु अन्तिम प्रयासमा थिए । तर, विष्णु पौडेलले भने त्यो सम्भावना टरिसकेको मलाई सुनाएका थिए ।

एक साता पुग्नै लागेको थियो, नेपाल प्रेसको पहिलो अंकको मेरो बाइलाइन स्टोरीमाथि प्रश्न उठ्न खोजिसकेको थियो । पुस ४ गते बिहान केपी ओली प्रचण्ड निवास गएको खबर आयो । त्यहाँ वामदेव पनि पुगेका थिए । त्यस दिन के के भयो वामदेवले यसअघि नै खुलासा गरिसकेका छन् ।

प्रचण्ड केपी ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हटाउन माधव नेपाल र झलनाथ खनालको अभूतपूर्व दबाबमा थिए, सँगसँगै नेकपाको केन्द्रीय कमिटीको प्राविधिक बहुमतको आड थियो । उनले तेस्रो व्यक्तिलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पनि अस्वीकार गरेपछि एक साताभित्र नेकपा फुट्ने डेडलाइन मिल्यो ।

यसबीचमा नेपाल प्रेसले मंसिर २९ गते दोस्रो वर्ष पार गरिसकेको छ । नेपाल प्रेसको पहिलो अंकमा लेखिएजस्तै नेकपा विभाजन र संसद विघटनको पनि दोस्रो वर्ष पूरा भएको छ । यसबीचमा अर्को संसद निर्वाचित भएर आइसकेको छ । नेकपा एमालेले पुस ५ कै दिन पारेर ‘एमाले जनताको रोजाइको पहिलो पार्टी’ शीर्षकमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

पार्टीभित्र बहुमत नभएको र संविधानले संसद विघटन गर्ने आधारसमेत नदिएको अवस्थामा केपी ओलीले प्रतिनिधिसभा विघटनको राजनीतिक निर्णय गरेर खेललाई अतिरिक्त समयमा लगेका थिए । त्यो अतिरिक्त समय फागुन ११ होइन फागुन २३ मा पुगेर टुंगियो र हेड टु हेडमा ओली विजयी भए र आफू पनि जोगिए, पार्टी पनि जोगाए ।

संयोग नै मान्नुपर्छ पुस ५ गतेको संसद विघटनलाई प्रतिगमन भनेर केपी ओली तथा उनको प्रतिगमनलाई अन्तिम धक्का दिने भन्दै चुनावमा गएको महागठबन्धन सामान्य बहुमत ल्याउन असफल भएको छ ।

प्रतिगामी भनिएको एमाले लोकप्रिय मतमा पहिलो बन्दैगर्दा संसद विघटन गर्ने केपी ओलीले सर्वाधिक लोकप्रिय मतका साथ विजयको कीर्तिमान बनाएका छन् । यस अर्थमा पुस ५ को ओलीको कदम प्रतिगमन थियो भन्ने भाष्य जनताले अस्वीकार गरेका छन् ।

त्यसो भए पुस ५ को संसद विघटन संवैधानिक कदम थियो त ? सर्वोच्च अदालतले समेत असंवैधानिक भनेर फैसला गरिसकेकाले अब त्यसको राजनीतिक पुष्ट्याइ गर्नेबाहेक संवैधानिक रुपमा संसद विघटन अवैध थियो भन्ने सावित भइसकेको छ । प्रतिगमन र अग्रगमनको बहसलाई भने चुनावले टुंग्याइदिएको छ ।

प्रतिनिधिसभा विघटन संवैधानिक रुपमा पुष्टि हुन्न भन्ने कुरा तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पनि थाहा थियो । प्रदीप ज्ञवालीजस्ता ओलीका विश्वासपात्र मन्त्रीले क्याबिनेटमै यस्तो नगरौं भनेर प्रतिवाद गरेका थिए । सुवास नेम्वाङहरु पनि विघटनको पक्षमा थिएनन् ।

तर, केपी ओलीले जानीजानी असंवैधानिक कदम चाल्नुको पछाडि कुन शक्तिको आड थियो ? यो प्रश्न अहिले पनि धेरैको मनमा छ । तर, सीधासीधा भन्नु पर्दा केपी ओलीले गरेको संसद विघटन दुश्मनको घेरामा परेर मृत्यु देखिसकेको व्यक्तिले बाँच्न गरेको आत्मरक्षाको अन्तिम प्रयास थियो, जुन प्रयासले बचाउने निश्चित चाहिँ थिएन ।

केपी ओलीमाथि कारबाही गर्न तत्कालीन सचिवालयका ९ मध्ये ५ जना सदस्यको तर्फबाट फौजदारी अभियोग लाग्ने आरोपपत्र दर्ता भइसकेको थियो । पार्टी अध्यक्षबाट हटाउन बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर भइसकेको थियो । प्रधानमन्त्रीबाट हटाउन अविश्वास प्रस्तावमा ८५ सांसदहरुको हस्ताक्षर गरेर संसद सचिवालयमा दर्ता गर्ने अन्तिम तयारी थियो ।

पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटाइने निश्चित भएपछि केपी अ‍ोलीसँग जम्मा दुई विकल्प थिए ।

१ः राजनीतिक जीवनको समाप्ति स्वीकार गर्ने

२ः आत्मरक्षाका लागि सबै उपाय प्रयोग गर्ने

पार्टीभित्र बहुमत नभएको र संविधानले संसद विघटन गर्ने आधारसमेत नदिएको अवस्थामा केपी ओलीले प्रतिनिधिसभा विघटनको राजनीतिक निर्णय गरेर खेललाई अतिरिक्त समयमा लगेका थिए । त्यो अतिरिक्त समय फागुन ११ होइन फागुन २३ मा पुगेर टुंगियो र हेड टु हेडमा ओली विजयी भए र आफू पनि जोगिए, पार्टी पनि जोगाए ।

यदि पुस ५ मा संसद विघटन गरेर ओलीले खेललाई अतिरिक्त समयमा नलगेको भए के हुन्थ्यो होला ? स्वाभाविक रुपमा केपी ओलीलाई प्रचण्ड-माधव पक्षले पार्टीको साधारण सदस्यबाट निष्कासन गर्थे । संसदमा अविश्वास प्रस्ताव दर्ता गरेर प्रधानमन्त्रीबाट हटाउँथे । ओली पक्षधर देशभरका नेता कार्यकर्ताको राजनीतिक कत्लेआम हुन्थ्यो ।

पुस ५ मा त्यसो नगरेको भए ?

केपी ओलीले २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन नगरेको भए सम्भवतः नेपालको राजनीतिक परिदृश्यमा उनी रहने थिएनन् । नेपालको राजनीति अर्कै बाटोमा जानेथियो, तत्कालीन नेकपा र साविक नेकपा एमाले प्रचण्डको कब्जामा पुग्ने थियो । माधव नेपाल पनि पेण्डुलम बनिसकेका हुन्थे ।

यदि पुस ५ मा संसद विघटन गरेर ओलीले खेललाई अतिरिक्त समयमा नलगेको भए के हुन्थ्यो होला ? स्वाभाविक रुपमा केपी ओलीलाई प्रचण्ड-माधव पक्षले पार्टीको साधारण सदस्यबाट निष्कासन गर्थे । संसदमा अविश्वास प्रस्ताव दर्ता गरेर प्रधानमन्त्रीबाट हटाउँथे । ओली पक्षधर देशभरका नेता कार्यकर्ताको राजनीतिक कत्लेआम हुन्थ्यो ।

ओलीलाई सांसद सदस्यबाट पनि निष्कासन गरेर सभामुखमार्फत सूचना टाँस्ने र सडकमा फाल्ने काम सबैभन्दा पहिले हुन्थ्यो । त्यतिलेमात्र ओलीको शक्ति कमजोर नहुने र उनीसँग तत्कालीन नेकपाको केन्द्रीय कमिटीको संख्या कम भए पनि साविक एमालेको ७० प्रतिशतभन्दा ठूलो हिस्सा थियो ।

याे पनि पढ्नुस् : दुई पाइलटको जेट दुर्घटनाग्रस्त, सूर्यमा लाग्यो ग्रहण

त्यसका लागि ओली पक्षमा रहेका प्रमुख नेताहरुलाई पनि निष्कासन गर्ने र अरुलाई तर्साएर आफूतिर तान्ने दोस्रो कदम हुन्थ्यो । ओलीसँग उनी निकट नेता तथा साांसदहरु जो आत्मसमर्पण गर्दैनथे- उनीहरु निष्कासनमा पर्ने । पुस ५ लगत्तै १० जना ओली निकट नेता निष्कासनमा परेका थिए ।

ओलीको पक्षमा माहोल बनाएको भन्दै सुवास नेम्वाङलाई स्थायी कमिटी सदस्य र उपनेताबाट हटाउने निर्णय भइसकेको थियो । महासचिव विष्णु पौडेललाई त्यसअघि नै निष्कासन गरिसकेका थिए । प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, केन्द्रीय सदस्यहरु प्रभु साह, महेश बस्नेत, कर्णबहादुर थापा, सूर्य थापा र निरु पाललाई प्रचण्ड–माधव पक्षको बैठकले निष्कासन गरिसकेको थियो ।

बुबाको निधन भएर किरियामा बसेका कारण गोकुल बास्कोटाको नाम अन्तिममा काटिएको थियो । अरु केहीलाई निष्कासनको त्रास देखाउँदै ओली पक्ष छाड्न औपचारिक रुपमै आग्रह गरिएको थियो । यी सबै काम पुस ५ गते नै हुन्थे । यदि त्यस दिन संसद विघटन नगरेको भए, ओली र ओलीनिकटहरुको राजनीतिक कत्लेआम हुन्थ्यो ।

त्यसपछि नेकपा एमालेको विरासत र सूर्य चिन्हको ब्राण्ड प्रचण्डको कब्जामा जान्थ्यो । ओलीलाई ठेगान लगाएपछि प्रचण्ड अझ शक्तिशाली बन्ने निश्चित थियो । किनकि माधव पक्षकै पूर्वएमालेहरुको ठूलै पंक्ति प्रचण्डमा विलीन हुन तयार नै थियो ।

खुमलटार पुगेर स्थायी कमिटीकै कतिपय सदस्यले माधव नेपाललाई हिजो पनि हामीले छाता मानेको हो, अबको नेता तपाईं हो भन्दै ओली हटाएपछि प्रचण्ड सर्वेसर्वा हुने सपना देखाइसकेका थिए । केपी ओलीले नेकपा एमाले ब्युँताउने होलान् । तर, सूर्य चिन्ह र विरासतविनाको सानो पार्टी बन्थ्यो । सम्भवतः केपी ओलीमाथि प्रचण्ड-माधव पक्षले अरु प्रतिशोध लिने र विभिन्न अभियोगमा जेल हाल्नेसम्मको कदम चाल्ने थियो ।

प्रचण्ड-माधव फागुन ११ को संसद पुनःस्थापनाको खुशीयालीमा लड्डु खाएर बस्दा ओलीले फागुन २३ को सर्जिकल स्ट्राइक गराए । नेता भनेको त्यो हो, जसले प्रतिकूल परिस्थितिलाई पनि आफ्नो पक्षमा पार्न सक्छ । ओलीले त्यसै गरे । त्यसैले एमाले र एमालेको विरासत बोक्नेहरुका लागि पुस ५ को कदम सञ्जीवनी बुटी हो ।

पुस ५ मा केपी ओलीले संविधान हेर्ने कि राजनीति भन्ने विकल्प छान्दा राजनीति छाने । राजनीतिक निर्णयबाट प्रतिनिधिसभा विघटन गर्दा उनीसँग थप दुई/अढाइ महिनाको अतिरिक्त समय प्राप्त भयो । संविधानको परीक्षण अदालतमा हुन्छ । तर, राजनीतिको परीक्षण जनतामा हुने हो ।

ओलीले राजनीतिक निर्णय लिनुको अर्थ आफू र आफूलाई समर्थन गर्ने लाखौं कार्यकर्ता पंक्ति जोगाउनु थियो । त्योभन्दा पनि नेकपा एमालेको विरासत बचाउनु थियो । त्यसका लागि अदालतमा संवैधानिक परीक्षण हुँदै गर्दा केन्द्रीय कमिटीभन्दा तलका पूर्वएमालेको ८० प्रतिशत पंक्तिलाई आफूतिर उभ्याउन उनी सफल भए ।

एमाले जोगाउने सञ्जीवनी बुटी

प्रचण्ड-माधव फागुन ११ को संसद पुनःस्थापनाको खुशीयालीमा लड्डु खाएर बस्दा ओलीले फागुन २३ को सर्जिकल स्ट्राइक गराए । नेता भनेको त्यो हो जसले प्रतिकूल परिस्थितिलाई पनि आफ्नो पक्षमा पार्न सक्छ । ओलीले त्यसै गरे । त्यसैले एमाले र एमालेको विरासत बोक्नेहरुका लागि पुस ५ को कदम सञ्जीवनी बुटी हो ।

संसद पुनःस्थापना भएर के भयो ? ओलीले एमाले जोगाए, आफ्ना समर्थक नेता कार्यकर्ताको राजनीति जोगाए । प्रतिगमनको आरोप खेपेर पाँच दलीय गठबन्धनसँग चुनाव लडेको एमालेले पाएको पहिलो लोकप्रिय मतले ओलीले पुस ५ मा चालेको कदम उनको र उनका समर्थकको राजनीति जोगाउन सही ऐतिहासिक कदम थियो भन्ने सिद्ध गरेको छ ।

राजनीति कानून र संविधानका धारा हेरेरमात्र सफल हुँदैन । यदि संविधानका धारा हेरेर ओली बसेका भए पुस ५ गते १० बजेभित्र संसदमा उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसक्थ्यो । त्यो सूचना पाएरै उनले बिहान ९ बजे नै क्याबिनेट बैठक बोलाएर प्रतिनिधिसभा विघटनको निर्णय गरेका थिए ।

प्रचण्ड बालुवाटारमा गएर विघटन रोक्ने र माधव नेपाल, भीम रावल, जनार्दन शर्मा, पम्फा भुसालहरु सिंहदरवार पुगेर अविश्वास प्रस्ताव दर्ता गर्ने एकैपटक चलिरहेको थियो । सभामुख अग्नि सापकोटा अविश्वास प्रस्तावमा तोक लगाउन जुठै हात संसद सचिवालय पुगिसकेका थिए ।

ओलीले संविधानको धारा समातेर बसेका भए उनको राजनीति सकिन्थ्यो । तर, संविधानलाई अदालतमा परीक्षण गरौंला भनेर उनी संसद विघटनको क्षेप्यास्त्र हान्दै राजनीति जोगाउन लागे । राजनीतिमा सबै कुरा जायज हुन्छ । अदालतले संविधान जोगायो, ओलीले राजनीति जोगाए । २ वर्षपछि आएर विश्लेषण गर्दा पनि पुस ५ को साइड इफेक्ट यत्ति नै हो ।

ओलीले सत्ता गुमाए, प्रचण्डले के पाए ?

पुस ५ को संसद विघटनले गर्दा एमालेले केन्द्रसहित सबै प्रदेशका सरकारहरु गुमायो । चुनावबाट दोस्रो पार्टी बन्यो भन्ने कुरालाई जोड्ने गरिएको छ । वास्तवमा ओलीले एमाले जोगाए । पार्टी भएपछि सरकार त एउटा चुनावमा गुम्ला फेरि पनि आउन सक्छ । आज पनि एमाले एक्लाएक्लै लड्दा बहुमत नजिकको पार्टी रहेछ भन्ने देखियो ।

ओलीले संविधानको धारा समातेर बसेका भए उनको राजनीति सकिन्थ्यो । तर, संविधानलाई अदालतमा परीक्षण गरौंला भनेर उनी संसद विघटनको क्षेप्यास्त्र हान्दै राजनीति जोगाउन लागे । राजनीतिमा सबै कुरा जायज हुन्छ । अदालतले संविधान जोगायो, ओलीले राजनीति जोगाए । २ वर्षपछि आएर विश्लेषण गर्दा पनि पुस ५ को साइड इफेक्ट यत्ति नै हो ।

एमाले अहिले कांग्रेसभन्दा ११ सीट कमको दोस्रो पार्टी बनेको छ । समानुपातिकतर्फ कांग्रेसभन्दा ठूलो पार्टी बनेको छ भने प्रदेशतर्फ पनि ७ मध्ये तीनवटामा सबैभन्दा ठूलो दल बनेको छ । त्यसैले पुस ५ को कदमबाट ओली र एमाले पंक्ति लाभग्राही नै बनेको छ । हिजो प्रचण्ड–माधव समूहमा रहेको ठूलो पंक्ति एमाले जोगिएकैले ओलीसँग छ ।

बरु प्रचण्डले नेकपाबाट अलग्गिँदा सग्लो माओवादी पाएनन् । माधव नेपाल, झलनाथ खनालहरुको भर पर्दा उनले आफ्नो जनयुद्धकालीन सहयोद्धा गुमाए । चुनावको परिणामले पनि प्रचण्डलाई त्यो महसुस गराएको हुनुपर्छ । ओलीसँगको लडाइँमा उक्साउने झलनाथ–माधवहरु आज उनीसँग पार्टी एकता गर्ने कुराबाट समेत तर्किन थालेका छन् ।

नेकपाकालमा ओलीविरुद्ध प्रचण्डलाई निर्णायक लडाइँमा उतार्न माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमको मुख्य हात थियो । हाल एमालेमा रहेका बादल, लेखराज, टोपबहादुरहमात्र होइन हाल माओवादीमै रहेका हरिबोल गजुरेल, वर्षमान पुन, शक्ति बस्नेतहरुलगायत ठूलो पंक्तिले प्रचण्डलाई पूर्वएमालभित्र समीकरण बनाउनेभन्दा एकता र संघर्ष जे गर्नुपरे पनि ओलीसँगै गर्न सुझाएका थिए ।

तर, प्रचण्डले तत्कालीन नेकपामा पूर्वएमालेभित्र खेल्दा आफ्नो पक्षमा दुईतिहाइ बहमुत केन्द्रीय कमिटीमा पुग्ने र विशाल कम्युनिस्ट पार्टी तथा सरकारको नेतृत्व गर्न पाउने सम्भावना देखे । अन्तिममा नेकपा त रहेन नै, माओवादी केन्द्र पनि सग्लो फिर्ता पाएनन् । तत्कालीन स्थायी कमिटीमा ५ जना र केन्द्रीय कमिटीमा २३ जनासहित वडादेखि केन्द्रसम्मका सयौं नेता केपी ओलीसँगै एमालेमा समाहित भए ।

भूईंको टिप्न खोज्दा पोल्टाको गुमाए । एमालेको आधा शक्तिसहित सिंगो माओवादीसमेतको भीमकाय नेकपाको नेतृत्व गर्न खोज्दा आफ्नै जनयुद्धका कमाण्डरहरुसमेत उनीसँग रहेनन् । नेकपाबाट माओवादी केन्द्रमा फर्किंदा प्रचण्डसम्म केन्द्रका होइन वडा तहका समेत एकजना एमाले गएनन् । किनभने ओलीविरोधी एमाले माधव नेपालसँगै फर्किए ।

संघीय सांसद ५ जना, प्रदेश सांसद ९ जनासहित ४४ जना मेयर, ५१ उपमेयर र करीब दुई सय जना निर्वाचित वडाध्यक्षसहित जनप्रतिनिधिको पनि ठूलो संख्या सर्वोच्चको फैसलापछि माओवादीमा फर्केनन् । केपी ओलीलाई हटाएर नेकपाको शक्तिशाली अध्यक्ष बन्न अग्रसर भएका प्रचण्ड, एमालेसँग एकता गर्दाको भन्दा सानो आकारको माओवादी लिएर फर्कन बाध्य भए ।

ओलीविरुद्धको लडाइँमा उक्साउने माधव नेपाल, झलनाथहरु सर्वोच्च अदालतको भोलिपल्टै पेरिसडाँडाबाट बिदा भए । उनीहरुले निर्वाचन आयोगमा अर्को नाम लिएर आफूसँग रहेका भनिएका दुईतिहाइ केन्द्रीय सदस्यहरुको परेड खेलाउन किन चाहेनन् ? त्यो लडाइँ अझ केही दिन लम्बिन सक्थ्यो । तर, प्रचण्डले आफ्नाहरु मात्र गुमाएनन्, आफूलाई उक्साउनेहरुबाट पनि धोका पाए ।

त्यसैले पुस ५ ले नेपालको राजनीतिमा धेरै उथलपुथल ल्यायो । कांग्रेसले नसोचेको सत्ता पायो भने अहिले पनि कम्युनिष्टकै बलमा ८९ सीटसहितको पहिलो पार्टी बन्यो । अब पुस ५ प्रतिगमन थियो कि अग्रगमन भन्ने बहस पनि चुनावको परिणामसँगै खारेज भइसकेको छ । त्यो विशुद्ध राजनीतिक क्षेप्यास्त्र थियो, केपी ओलीले आफू र आफ्नो टीमको आत्मरक्षाका लागि चालेको अन्तिम हतियार ।

भनिन्छ नि डुबतेका तीनकेका सहारा । पुस ५ ओलीको त्यही दुस्साहसी कदम थियो, जसले उनलाई फेरि पनि देशको शक्तिशाली नेताका रुपमा पुनःस्थापित गरेको छ ।

Comments

11 responses to “फ्ल्यासब्याकमा पुस ५- ओलीले संसद विघटन नगरेको भए के हुन्थ्यो ?”

  1. Ksp pyl Avatar
    Ksp pyl

    सहि विश्लेषण । अहिले नेता जति सबै खत्तम भन्ने जुन भाष्य बनाउन खोजिएको छ जनता त्यसको पछि लागेमा यो देशमा केही हुँदैन भन्ने बुझ्नुपर्छ । को असल को खराव भन्ने कुराको वस्तुनिष्ट विश्लेषण गर्नुपर्छ । एकसरो सबै नेता खत्म भन्ने हौवाको पछाडि कुद्दा आज देशको हालत गम्भीर हुन पुगेको छ । केपि ओलि हरेक हिसावले यो देशको लागि एकदमै उपयुक्त नेता हुन् । चाकडी गर्न भनिएको होईन यो कुरा । वहाँको विचार, वहाँको त्याग, वहाँले गरेको काम, वहाँको देशभक्तिमा कुनै शंका छैन र वहाँले जसरी नेपाललाई अगाडि बढाउन खोज्नु भएको हो त्यहि हिसावले नेपाललाई अगाडि बढाईएमा मात्र देश उचाईमा पुग्छ । त्यसैले जनताले पनि देशमा राम्रो कुराको आसा गर्ने हो भने त्यहि हिसावले वस्तुनिष्ट भएर काम गर्नुपर्छ । ओलिलाई समर्थन गरौं र देशलाई समृद्दितर्फ अगाडि बढाओै । नेपालको स्वाभिमान बचाउने र सुदृढ बनाउने काम ओलिबाट मात्र संभव छ । जनताले यो कुरा जुन दिन मनन गर्छन त्यहि दिन देखि नेपालमा परिवर्तन आउँछ ।

  2. राराली Avatar
    राराली

    अब याे लेखकले केपी प्रम भए भने प्रेस सल्लाहकार पाउने पक्का भयाे ।

  3. टिका प्रसाद पौ - सैपु ढाँडे Avatar
    टिका प्रसाद पौ – सैपु ढाँडे

    विष्लेशण केही पक्षपाती देखिन्छ भने केही कुरामा सत्यतै देखिन्छ । गोप्य सहमती पालना गर्न छोडेर आफ्नो हुती देखाऊन लाग्दा अर्काको हुती देख्न पुगेको यस विष्लेशणमा छुटेको छ । प्रचण्डले मात्र क्षेती ब्यहोरे एमालेलाई कुनै क्षती भएन भनेर पाठकहरुलाई अबुझमा र्‍याङ्‌किङ गरेर लेखिएको यस लेखले पाठक माथि अन्याय गरेको छ । कुनै बादविवाद कार्यक्रममा इन्दिरा गान्धी ठूला की थपिनी कान्छी ठूली हुन् भनेर थपिनी कान्छी को पक्षमा बोल्ने बक्ता ले पुरस्कार पाउन सक्छन् । तर वास्तविक दुनियाँमा इन्दिरा गान्धी नै ठूला हुन् भन्ने कुरा निर्णायक मण्डल लाइ पनि थाहा नभएको भनें हुँदैन ।
    हरेक राजनीतिक दलमा विचार हुन्छ । विचार लागु गर्न सत्ता चाहिन्छ । सत्ता प्राप्त गर्न बहुमत चाहिन्छ । बहुमत प्राप्त गर्न ठूलो दल चाहिन्छ । ठूलो दल हु धेरै मान्छे चाहिन्छ । धेरै मान्छे जुटमा हुन्छन् फुटमा हुँदैनन् । यहाँ पार्टी फुटाएर विराशत जोगाइएको कुरा उल्लेख छ । क- कस्को राजनितिक विराशत जोगाउन दुनिया नेपालीले दुख पाइदिनु पर्ने । जुटमा भन्दा फुटमा भविष्य देख्ने नेतृत्व लाइ पुर्पुरोमा हात राख्दै महान ‘ दुरदर्शी ‘अग्रगामी देश भक्त भन्दै खुसी मनाउनु परेको छ । निन्द्रा भन्दा सपना लामो भए जस्तै लेख भन्दा कमेन्ट लामो हुने हुनाले कुरा छोट्याको मात्र हो प्रतिकृया सकिएर भने पटक्कै हैन

  4. डा.शमोला भुसाल Avatar
    डा.शमोला भुसाल

    सटिक विश्लेषण । समकालीन राजनीतिमा केपी शर्मा ओलि बराबर नेता कोइ पनि छैनन् ।आज एमाले मै रहेका भए झलनाथ र माकु नेपालको हैसियत धेरै उच्च हुन्थ्यो। अब यिनिहरु सकिएका छन् । झलनाथको त अहिले नै सकिएको छ। अब आत्म समिक्षा गरेर एमाले मै फर्किएर आफ्नो राजनीतिक भविस्य बचाउनु पर्छ दोश्रो पुस्ताकाहरुले।जिवनको उत्तरार्धमा गरेको कृत्यले माकु नेपाल, बादेगौ, झनाख्हरुलाई बगाएको छ। यिनले अगाडि सारेका र काङ्ग्रेसिहरुले बढी महत्व दिदैगरिएका घनश्याम र भिमबहादुर हरुको पनि ओरालो यात्रा शुरु भएको छ। अब यिनका अन्तर्वार्ता चलाउने र बजाउने टिवि च्यानल र पत्रकार पनि खस्किएका छन् । अब प्रचण्डका मोलमोलाइ केही समय रहन सक्छ। यहि दिनका लागि थियो त जनयुद्ध (?).

  5. kb adhikari Avatar
    kb adhikari

    स्वाधीनता को लागि केपि ओली एक कर्मठ योद्धा हुन सलाम छ बा🙏🇳🇵

  6. भबनिश Avatar

    केपी ओलिको भक्त,विश्लेषण गर्दा केपीलाई एक तर्फ हिरो बनाउन खोजिएको छ तर यथार्थ कुरा केही छैन ।यो सब के कारणले भन्ने अध्यायनको कमी या अन्धभक्तको पराकाष्ठा !

  7. भगवती प्रसाद शर्मा Avatar
    भगवती प्रसाद शर्मा

    यथार्थपरक विश्लेषण यो दुस्साहसपूर्ण राजनीतिक चालबाजी केपी अोलीमा भरपूर छ।

  8. Bipendra Khadka Avatar
    Bipendra Khadka

    सत्य यहि नै हो अझै केपि ओलि को मृगौला ले काम गर्न छोडे पछि प्रचन्ड एमाले सङ्ग को पार्टी एकता मा सहमत भए का थिए जब केपि ओलि को दोस्रो पटक मृगौला प्रत्यारोपण सफल भयो अनि प्रचन्ड ले एमाले पार्टी भित्र खेल्ने प्रयत्न गरे को घाम जस्तै छर्लङ्ग छ प्रचण्ड लाइ एमाले का ७ लाख एकताबद्ध पार्टि सदस्य र देशभर को जनाअधार माथी रजगज गर्ने लोभ थियो । माधब कुमार नेपाल र झलनाथहरु लाई सधै पावर को लोभ थियो । यी कुरा छुटे छन ।

  9. फलेन्द्र बलम्पाकि मगर Avatar
    फलेन्द्र बलम्पाकि मगर

    यथार्थपरक विश्लेषण श्रदेय अध्यक्ष केपी ओलि ले विषबमन गरेकै हो।

  10. princess Avatar
    princess

    सही विश्लेषण

  11. समिट Avatar
    समिट

    खरानी घसेर जाेगी हुन कसैले राजनीति गर्दैन। वलीले जे गरे ठीक गरे । नेपालकाे राजनीति वली ( एमाल) भर्सेस अन्य सम्पुर्ण शक्ति हुदा समेत उनले अहिले राजनितीकाे तक्मा एकातिर एमालेकाे हातमा पारेका छन् भने अर्कोतर्फ संघ देखि प्रदेश सम्म सरकार बाहिर हुदा समेत सत्तका लागि कुनै शक्ति संग नझुकेरै २ वर्षमै सत्ता र शक्तिको लगाम आफ्नाे हातमा लिदै माधव प्रचण्ड लगाएतलाई पुन आफ्नाे मुठ्ठीमा राख्न सफल भएकाछन् । त्यसैले राजनीतिमा धेरै मात्तिने र धेरै आत्तिनेकाे हालत कस्ताे हुन्छ अहिले नेपालकाे राजनितीक वजारमा वसेर नियाल्दै आगामी दिनहरूमा सच्चिएर अगाडि वढ्न सवैले सिक्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *