काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष तीन देशका राजदूतहरुले ओहदाको प्रमाणपत्र पेश गरेका छन् ।
आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित छुट्टाछु्ट्टै समारोहमा संयुक्त अरब इमिरेट्सका राजदूत अबदुल्ला साइद मुबारक जरवान अलसामसी, संयुक्त गणतन्त्र ताञ्जानियाकी अनिसा कापुफी एमबेगा र गणतन्त्र सर्वियाका सिनिसा पेभिकले आ-आफ्नो ओहदाका प्रमाणपत्र बुझाएका हुन् ।
समारोहमा उच्च पदस्थ कर्मचारीहरुको सहभागीता रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी दिए ।


Leave a Reply