चलचित्र ‘तिम्रो मेरो साथ’ को ट्रेलर सार्वजनिक, पुस २९ बाट देशभर रिलिजको तयारी

काठमाडौं । पौष २९ गतेबाट देशभर रिलिजको तयरीमा रहेको चलचित्र ‘तिम्रो मेरो साथ’ को ट्रेलर सार्वजनिक गरिएको छ। अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र अभिनेता पुष्प खड्का स्टारर चलचित्रको ट्रेलर आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो।

त्रिकोणत्मक प्रेम कहानीमा आधारित चलचित्र ‘तिम्रो मेरो साथ’ लाई रमेस एम।के पौडेलले निर्माण तथा निर्देशन गरेका हुन। चचित्रको कथा भने सबिर श्रेष्ठले लेखेका हुन। सबिरलाई बाबुराम निरौलाले स्क्रिप्टमा साथ दिएका छन।

चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह र पुष्प खडका बाहेक सन्दीप क्षेत्री, एमिली लामा, सरोज खनाल, खडक बि पुन, दिपिशा केसी , आदि लगाायतका कलाकारहरुको अभिनय रहेको छ। एमिली लामाकोभने यो डेब्यु चलचित्र हो।

सविर श्रेष्ठ चलचित्रका लेखक मात्र नभई कार्यकारी निर्माता समेत हुन। सह–निर्मातामा भने पासाङ लामा, अर्णव पौडेल, आर्यन पौडेल, निरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधीर पराजुली रहेका छन भने शिव ढकालको छायांकन, सुवाष भुषाल र योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *