एनआइसी एसियाले ३ जना ऋणीको गाडी बेचेर ऋण असुल्दै

काठमाडौँ । एनआईसी एसिया बैंकले विभिन्न समयमा ऋण लिएका ३ जना ऋणीको सवारी साधन लिलामीमा राखेको छ । ऋणीले समयमै ऋण चुक्ता नगरेपछि बैंकले ऋण लिँदा धितोमा राखिएको सवारी साधन लिलाममा बिक्री गर्न लागेको हो ।

उक्त सवारी साधन गोप्य सिलबन्दी बोलपत्र मार्फत खरिद गरी लिन इच्छुक व्यक्ति, फर्म, कम्पनी वा अन्य संगठित संघ संस्थाले १५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको हो ।

लिलाम प्रक्रियाबाट धितोमा रहेको सवारी साधन बिक्री नभएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ सो को नियमावली, २०५९ तथा प्रचलित कानून बमोजिम ऋणी तथा जमानीकर्ताको अन्य चल अचल जायजेथा, श्रीसम्पत्तिबाट समेत बाँकी लेना रकम असुल उपर गरिने बैंकले जनाएको छ ।

साथै ऋणी र जमानकर्ता सबैलाई कर्जा सूचना केन्द्रमा कालोसूचीको लागि सिफारिस गरिने बताएको छ ।

काठमाडौं महानगरपालिका १४ स्थित रहेको अर्याल फेन्सी स्टोरका सञ्चालक ऋषि प्रसाद अर्यालले धितोमा राखेको डट्सुन रेडी गो मोडलको बा २० च ७५८ नम्बरको सवारी र अर्याल फेन्सी स्टोरको स्वामित्वमा रहेको मालसामान तथा आय प्राप्ति उपर हाइपोथिकेशन बिक्री गर्नेछ ।

अर्का ऋणी मुगुमान तामाङले लिएको कर्जाको धितो हुण्डाई इओएन डीलाइटको बा २ ज ३१६५ नम्बरको सवारी सधान र वेलफेयर फर्माका प्रोप्राईटर तथा जमानीकर्ता टिकेन्द्र ओझाको हुण्डाइ क्रेटा १.६ मोडलको बा १४ च ७३७६ नम्बरको सवारी र वेलफेयर फर्माको स्वामित्वमा रहेको मालसामान तथा आय प्राप्ति हाइपोथिकेशन बिक्रीमा राखेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *