कम्युनिष्ट आन्दोलन धूलिसात पारेको देख्दादेख्दै एमालेसँग टाँसिने कुरा आउँदैन : माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपालको कम्युनिष्ट पार्टीहरुले वस्तुनिष्ठ समीक्षा गर्न तयार हुनुपर्ने बताएका छन् । नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिँदै अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीहरू किन ओरालो लागे किन विभाजनको स्थिति पैदा भयो भन्ने प्रश्नको समीक्षा गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘नेपालको कम्युनिष्ट पार्टीहरूले कहाँ ऋणी गरे किन उनीहरूले पाएको अवसर जोगाउन सकेनन् । पाएको मौकाको उपयोग गर्न सकेनन् । पाएको हैसियतलाई कायम राख्न सकेनन् । किन ओरालो लागे किन विभाजनको स्थिति पैदा भयो यसको पनि वस्तुनिष्ठ समीक्षा गर्नुपर्छ । हामी समीक्षा गर्न तयार छौं । यस्ता खालको प्रश्नहरुको जवाफ दिन पनि तयार छौं ।’

आफूहरू नबिराउने नडराउने मान्यताको साथ अगाडि बढ्ने भएकाले कमजोरी महसुस गर्नुपर्ने अवस्था नभएको बताए । उनले भने, ‘हामीले बिराएका छौं भने कमजोरी महसुस गर्ने हो ।’

अध्यक्ष नेपालले एमालेप्रति लक्षित गर्दै विदेशीसामु लम्पसार परेको देख्दादेख्दै पुन: एमाले नफर्कने बताए ।

उनले भने,‘धूलिसात भएर कम्युनिष्ट आन्दोलन विसर्जन भइरहेको देख्दादेख्दै पनि विदेशीका सामु लम्पसार पर्न थालेको देख्दादेख्दै पनि कम्युनिष्ट पार्टीले क्रान्तिकारी स्थान गुमाउँदा गुमाउँदै त्यसैमा टाँसिरहने कुरालाई कसैले प्रेरित गर्न खोज्छ भने फेरि पनि त्यस्तालाई सरि भन्छौं । दृढताको साथ त्यो प्रवृतिबाट देशलाई जोगाएका छौं ।’

चुनावको मत परिणामलाई लिएर मन सानो गर्नुपर्ने कारण नभएको भन्दै नेपालले कार्यकर्तालाई सान्तवना दिए ।

‘हामीहरु प्रतिनिधिसभामा १० जना निर्वाचित भएका छौं । २० जना उम्मेदवार खडा गरेका थियौं । त्यसको ५० प्रतिशत हामीले सफलता हासिल गरेका छौ । योभन्दा बढी आशा र सफलताको अपेक्षा गरेका थियौं । प्रदेशसभामा २४ जना सदस्यहरु निर्वाचित गरेका छौं । यसमा मन सानो गर्ने कुरा छैन ’, उनले थपे ।

Comments

One response to “कम्युनिष्ट आन्दोलन धूलिसात पारेको देख्दादेख्दै एमालेसँग टाँसिने कुरा आउँदैन : माधव नेपाल (भिडिओ)”

  1. bharat kumar Thapa Avatar

    तिमीलाई कम्युनिस्ट आन्दोलनका सहिदहरूको आसुले सराप्ने छ कम्युनिस्ट आन्दोलनका गद्दार हुन माधवकुमार भनेर इतिहासमै रायमाझी पथका अनुयायी भनेर दर्ज हुने छौ म सामान्य समर्थक भए पनि यति भन्छु।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *