नेकपा एसले बोलायो संसदीय दलको बैठक, माधव नेपाल सर्वसम्मत हुने निश्चित

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सोमबार संसदीय दलको बैठक बोलाएको छ । केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकले दलको नेता चयन गर्नेसमेतको प्रयोजनका लागि बैठक बोलाएको हो ।

समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेको नेकपा एसका १० जना सांसद छन् । दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन हुने निश्चित छ ।

बैठकले समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल गरी गठबन्धनमा रहेका र रहन सक्ने राजनीतिक दलहरुसँग छलफल अगाडि बढाउने निर्णयसमेत गरेको महासचिव डा. बेदुराम भुसालले बताए ।

आइतबारै नेपालले लोसपा अध्यक्ष महन्थ ठाकुर र वामपन्थी नेता वामदेव गौतमसँग राजनीतिक भेटघाट र छलफल गरेको नेकपा एसले जनाएको छ ।

Comments

One response to “नेकपा एसले बोलायो संसदीय दलको बैठक, माधव नेपाल सर्वसम्मत हुने निश्चित”

  1. Ksp pyl Avatar
    Ksp pyl

    जसको नेतृत्वमा सरकारमा जाँदा सिके राउतले जति पनि भोट ल्याउन सकेन र राष्ट्रिय दल बनेन तिनैलाई फेरि नेता मान्ने ? किन तिनैलाई संसदीय दलको नेता ? नेकपा हुँदा एक व्यक्ति एक पद भनेर रूँदै हिडनेलाई अहिले अध्यक्ष पनि आफैं र संसदीय दलक‍ नेता पनि आफैंलाई चाहिने ? अनि के खान पार्टी फुटाएको त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *