काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत शनिबार राति सम्पन्न तेस्रो स्थानको खेलमा मोरक्कोलाई पराजित गरेसँगै क्रोएसियाले कास्य पदक जितेको थियो ।
खलिफा रंगशालामा मोरोक्कोलाई २-१ गोलको नतिजामा पराजित गर्न क्रोएसियाका जोस्को भार्डियोल र मिस्लाभ ओर्सिचले गोल गरे ।

सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित हुँदै लगातार दोस्रो पटक फाइनल पुग्न बञ्चित भए पनि क्रोएसियाले तेस्रो स्थान प्रप्तिमै खुशीयाली मनाएको थियो ।
क्रोएसियाका खेलाडीहरु कप्तान लुका मोड्रिक, मार्सेलो ब्रोजोभिच, डेजान लोभ्रेन र एन्ड्रेज क्रामारिचले परिवारसँग खुशी साटेका थिए ।


Leave a Reply